भएभरका देउदेउतालाई आज राती भाकें
सपनामा यौटा सहर सजाएर राखें ।।
उनैसँग जिन्दगीको उकालोमा चढ्न
देउरालीमा पाती चढाई मैले उनलाई मागें ।।
नाघिसक्नु थिएन यो जिन्दगीको सिन्धु
वायुपङ्खी घोडा चढी समुद्र नै नाघें।।
एकछत्त सन्सारमा डर त्रास हुन्न
डर केही नहुनाले तिमीलाई लिई भागें ।।
सपनाका सन्सारको रङ्गिचङ्गीबाट
माया पुरै गर्नै नपाई छ्या है कस्तो जागें ।।
