Skip to content

दुर्भाग्यले थुक्छ

हिमाल मात्र कहाँ हो र पहाड पनि दुख्छ
नेपालीको चाल देखी मानौँ कोशी सुक्छ ।।

देश चर्ने साँढेलाई बाँधिराख्नु पर्थ्यो
जहाँ तहाँ चर्न खोज्ने साँढे आफैँ फुक्छ ।।

डाँगो पाल्ने काम पनि व्यर्थै लाग्न थाल्यो
घरभित्र चोर पस्ता पर जाँदै भुक्छ ।।

विदेश पस्न हतार मान्ने दाजु भाइ देखी
सगरमाथा पनि तिनको हालत बुझ्दै झुक्छ ।।

हाम्रो बानी उपर्खुट्टी लगाएर खाने
यो देखेर दुर्भाग्यले हाम्रै मुखमा थुक्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *