Skip to content

होम सुवेदी

परमपदका लागि रचनादान

परमपदका लागि रचनादान
बुहारीले राती आठ बजेतिर ससुराबालाई तातो दूध लगिदिएको बेला पनि बूढा मान्छे आइप्याडमा केकेजाति लेखिरहेका छन् ।
“कति लेखिरहनु भएको हजुरले ?”
“हैन त्याँ एक जनाले लेखिदिनु भनेका छन् अनि पो ।”
“एक जना भनेको को हो नि । कताका हुन् ?”
“नेपालकै हुन् ।”
“अनि उनका लागि उनै लेख्तैनन् र ?”
“लेख्ने उति ढङ्ग पुर्याउँदिनन् तिनले ।”
“लौ कुरा खुस्किगो नि । महिलालाई पो लेखिनुभएको रहेछ ।”

पुस्तक

लेख्ने पढ्ने सबै बानी हराएर अतीत भो
हाम्रा पुस्तकको चर्चा अहिले एक गीत भो ।।

जहाँ ज्ञान र विज्ञान धर्म दर्शन टम्म छन्
भाग जोड गुणा जस्ता अङ्कका ज्ञानसम्म छन् ।।

पाँच मुक्तकहरु

पाँच मुक्तकहरुः

केही छोटाछोटा वस्त्र हाल्न पाए हुने
केही नग्न फोटा हाल्न पाए हुने
दरबारको सोच यो छ अनि गाउँको धनेको सोच
फाटेकै केही भोटा हाल्न पाए हुने ।


गुनगुनाउने गलो रोकिएकै हो कि
अन्तिम समय तोकिएकै हो कि
मेरो प्रिय गायक मलाई विश्वास ता छैन तर
असमयमै जिब्रो टोकिएकै हो कि ।


रावणै रावण भएको ठाउमा रामको के काम
अँधेरै अँधेरोको माग भएकोमा घामको के काम
मृतात्माहरुलाई सधैं धरामा लट्काइरहने
अविवेकी र पक्षपाती मुक्ति धामको के काम ।


सत्य खोजेर अब के भेट्न सकिएला र मित्र
देशभक्तिगीतमा अब सारङ्गी के रेट्न सकिएला र मित्र

पाँच दिने हाइकुको महाकुम्भ

नेपालमा गाणतन्त्र नामक तत्व प्रभुहरुको आशीर्वादमा झिकाइएपछि धेरैलाई मुख्य राजा उपराजा सहायक राजा हुने मौका मिलेको हो । यस्तैमा म एक नगरपिताको सपनाका बारेमा केही सुनाउन लागिरहेको छु । आज्ञा भए सुनाउँछु । जो आज्ञा ।
अँ यता गाणतन्त्र आएपछिको नेशै भरि नगर भए अनि नगरपिता पनि । सबै नगरपिताहरूले गरिखाइरहनु भएकै छ । म यस्तै एक नागरका पिताको कैरनमा छु ।

नेतोपदेशनम् स्तोत्रम्

सबै हामी हौं दास तिम्रा ,
धरा पूर्ण तिम्रो बनोस् यो अखण्ड
गरे भो तुरुन्तै यहाँ अश्वमेध
र गर्नू तिमी शत्रुको माथ छेद ।।

जसै मित्रले थाल्दछन् कान थुन्न
समस्याहरूको समाधान हुन्न
समाधान पत्नीसँगै मात्र सोध
नसोधे घरैबाट होला विरोध ।।

सम्धिनीको चस्मा

नाम नभन्नु नै राम्रो, तर नातासम्म भन्छु मेरो जेठान पर्ने हुनुहुन्छ । यदाकदा मेरोमा आउनुहुन्छ । अलिक टाढा छ उहाँको वसोबासो त्यसैले यदाकदा मात्र ।

अहिले नाताका मेरा जेठान मेरोमा आउनु भएको सपत्नी एव म एक बहिनीका साथ । त्यसै बेलामा म आफ्नो अफिसबाट घरमा पसें जुन बेला उहाँकी धर्मपत्नी र उहाँकी आफन्त बहिनी मेरै धर्मपत्नीहरू निकै हाँसिलो अवस्थामा गफगाफमा रहेछन् । मलाई देखेर सबैको अनुहार मुसुमुसु मात्र भो । तैपनि नमस्कार आदानप्रदान भो । सबैका अनुहार मुसुमुसुकै अवस्थामा छन् ।

आत्मगौरव – ७

अर्काको धनमा र चेलीतिर नै आँखा सधैं लाउनु
अर्काकै गुन गाउँदै दिनदिनै आराम फर्माउनु
झुप्रो यो चुहिएर झन् ढलिरहोस् व्यर्थै कता छाउनु
त्यस्ताले घर सम्झिएर अहिले फर्केर के आउनु ?।।१२।।

ताक्छन् बाबु मुढो कुपुत्र किन हो घूँडो सधैं ताक्तछ
आमाको पसिना चुहेर घरमा थोरै ढिँडो पाक्तछ
धेरै काम गरी उता तिर भने जूठो पुरो चाख्तछ
केही काम बिनै यता तिर भने आलस्यले थाक्तछ ।।१३।।

महामारी

गजलः

मलाई थाहा छ गजल भनेको नारीकेन्द्रित र प्रेम विरह प्रेमजन्य छटपटी आदिमा लेखिने लययुक्त वा गेयात्मक बहरबद्ध रचना हो । तर अहिले जेसुकैमा गजल भन्यो अनि स्वतन्त्र गजल भनिदियो । टन्टै खलास । भाषाको हुर्मत लियो । वाह वाह भन्यो अनि उत्ताउला फोटाहरु हाल्यो वस ।

तलको पनि गजल भएन र ।

महामारी सुनामी र कोरोनाले काल ल्यायो

भूकम्पले समुद्रमा मान्छे मार्ने छाल ल्यायो ।।

भोक भोकै संसार आज मर्न लाग्ला जस्तो हुँदा

सरकारले खाना बाँड्न छिँड् परेको थाल ल्यायो ।।

सबैतिर भोक मरी सबैतिर महामारी

सरकारले झुप्रो छाउन टाल्टुल् गरी पाल ल्यायो ।।

घुस खाने लेनदेनैमा कुनै मन्त्री थला परे

मृत्यु घन्ट बजाउने भो ।

कोरोनाले महाशक्ति जलाउने भो
तिनका पनि नौनाडी गलाउने भो ।।

हिजोसम्म तिमी रजाइँ गरि बस्थ्यौ
कोरोनाले अब संसार चलाउने भो ।।

चन्द्र जित्यौं भन्ने सधैं धाक लाउँथ्यौ
तिम्रो सेखी कोरोनाले ढलाउने भो ।।

फुर्ती ढले कीरो मार्न नसक्नेका
बेइज्जतीको सिङ अब पलाउने भो ।।

आफू ठुलो अर्कोलाई सानो भन्थ्यौ
कीटाणुले अब तहलाउने भो ।।

जतासुकै बमबारी गर्दै हिंड्थ्यौ
अब तिम्रै मृत्यु घन्ट बजाउने भो ।।

आत्मगौरव – ६

लाई ताउ जुँगा म बस्छु घरको थान्को अरूले गरून्
बारी भित्र पसेर पारितिरकै आएर तोरी छरून्
सिन्कोसम्म नभाँची बस्छु मुखमा आफैं फुरौला झरून्
रानी मात्र भएर बस्तछु म ता पानी अरूले भरून् ।।१।।

दारी काट्न कपाल छाँट्न परकै सेवा दिने पाउँछु
अर्काकै सहयोगबाट जहिल्यै जुत्ता म टल्काउँछु
आफ्ना मूल्य र मान्यता पनि सबै बेचेर तन्काउँछु
कोठै भित्र सुतेर देशधुनको क्यासेट घन्काउँछु ।।२।।

भर्नाको लफडो आएको छ

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । उहिलेको बेलामा भए ता बिहेकै लागि केटी माग्नेहरु आएका भन्न सकिन्थ्यो होला तर अहिले यसरी मेरी छोरी माग्न आउनेहरु आफ्नो बालक वा जवान छोराका लागि बुहारी माग्न आएका भने थिएनन् । अलिक जमाना फेरिएको छ । तर पनि भान हुन्थ्यो यी सबै कन्यार्थी वरहरुका आफन्त नै हुन् । एउटा टोली घरबाट निस्कन पाएको छैन, अर्काे टोली थपक्क घरमा आइपुग्छ, अर्काे निस्कन पाएको छैन, अर्काे लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो घनचक्करको लफडा हो यो !

बलरामको तरङ्ग

“यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !” मनमनै वलरामले कुरा खेलाउने गर्थे । “यसो हेर्न हुने मान्छेलाई त डेरा दिनु पर्छ नि । कमसे कम घरको रेखदेख पनि हुन्थ्यो अनि…..!” उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न आयो भने उनको प्रतिक्रिया हुन्थ्यो आफैंसँग ।

अघिल्लो पटक आफ्ना छिमेकीले ठेलावाललाई डेरा दिएकोमा उनको आफैंसँग यस्तै गुनासो थियो ।

धन्यवाद कुमारजी

माघ २५ गते दिउसो बार बजेतिरको कुरा हो । एक साहित्यिक मार्यक्रममा थिएँ अचानक मोबाइलको रिङ्ग बज्यो । मैले सेभ नगरेको नम्बर रहेछ । अनि नाम देखिएन । यसैले मैले टेलिफोन उठाएँ र बोले-” हजुर !”
उताबाट केही आवाज ता आयो तर कार्यक्रममा अलिक कडा माइक बजेकोले सुनिएन । फेरि सोधें मैले- “को हो थाहा पाउन सकिनँ । एकै छिन पख्नु है ।” यति भनेर म अलिक आवाज कम आउने ठाउँमा गएर साेधें- “को बाेल्नु भो ?”
“म कुमार सि‌खडा सर ।” उताबाट आएको आवाज अहिले स्पष्ट सुने‌ं र बुझें पनि ।
“लाै, कसरी नि कताबाट तपाइँ ?”

आह्वान

आऊ कलाकार छिनो समाऊ
आई घरैमा पसिना चुहाऊ
विश्वासमा कत्ति नधर्मराऊ
सम्मानको स्वेद यतै चुहाऊ ।।

छन् बाबु आमा घरमा रुएका
छानाहरु छन् घरमा चुहेका
भोभो उताको अब लोभ छोड
धेरै भएको छ यहाँ बिछोड ।।

तिम्रा चुनौती कति छन् अगाडि
बाटो र त्यो लक्ष कतै नछाडी
हे शिल्पका साधक माथि जाऊ
गन्तव्यमा पुग्न नडग्मगाऊ ।।

तिम्रो छिनोले जब कर्म गर्छ
त्यो कर्मको मूल्य उचो ठहर्छ
हेरेर मात्रै अघि पाउ चाल
सद्कर्म गर्नैतिर हात हाल ।।

नेपालमा धेर जमेर मैलो
भो सभ्यताको अझ बन्द दैलो
आएर दैलो अहिल्यै उघार
यो देशको क्लेष सबै निखार ।।

म आफैं समाधान गर्छु

म छाया बनी प्रेममा आउनेछु
त्यहाँ प्रेमको गीत घन्काउनेछु
तिमी पूर्णिमाकी बनी जून आऊ
त्यहाँ आई अर्काे कुनै गीत गाऊ ।।

जहाँ प्रीतिको होस् सुनौलो मुहान
र होस् जिन्दगीको सुनौलो बिहान
सुकेको छ छाती सुधा झैं रसाऊ
तिमी रातको जून झैं मुस्कुराऊ ।।

म चाहे सुकूँ वा म चाहे पलाऊँ
म चाहे मरूँ वा कि वा सल्बलाऊँ
भयो राख्नु पर्दैन है धेर चासो
किनारा लगाएँ रहेको गुनासो ।।

यताबाट हेर्दा त्यता दोष हुन्छ
त्यताबाट हेरे यता दोष हुन्छ
रुएको भयो धेर भो धेर रुन्न
दुबैको गुनासो समाधान हुन्न ।।

नलागोस् कतै भावनामाथि चोट
गरेको छ नौलो तिमीले अठोट
भने आजबाटै म सम्मान गर्छु

लेखनाथको पिँजडाको सुगा

छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
तितो छ यो भाग्य सकिन्न जानी
मेरो छ बेग्लै नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
सर्वत्र यो मानवको समाज ।।

अन्तर्वार्ता

अन्तर्वार्ता डा.कालुराम राईका साथ
अन्तर्वाताकार ः होम सुवेदी
‘ज्ञानगुनका कुरा’ नामक पत्रिकाको लागि सहप्राध्यापक श्री होम सुवेदीद्वारा लिइएको डा. केआर खम्बुको अन्तर्वार्ता
प्रश्न ः खम्बु सर नमस्कार !
उत्तर ः नमस्कार होम सर ।
प्रश्न ः तपाईंलाई म केही प्रश्नहरू सोध्दैछु उत्तरको अपेक्षा गर्दछु !
उत्तर ः धन्यवाद सर ! तर कस्ता प्रश्नहरू र कस्ता विषयमा सोध्नु हुने हो कुन्नि ! जानेको भए जबाफ दिन्छु । हवस् त सर अब सोध्नुहोस् !
प्रश्न ः शेषराज सिवाकोटीले ‘ज्ञानगुनका’ कुरामा तपाईंको बारे विशेषाङ्क निकाल्दै हुनुहुन्छ । यसबारे तपाईंलाई कस्तो लागिरहेको छ ?