Skip to content


अविदित कति यात्रा जिन्दगीमा रहेछन्
विफल सफलताका याम घुम्दा रहेछन्
प्रगति गति मिलेको याम आए हुँदो हो
मनसित मन मिल्ने मित्र पाए हुँदो हो ।।

रसमय मधु जस्ता शब्द खोजी सपाट
रसिक जन सबैले शब्दकै रासबाट
सुमधुर लय तानी गीत गाए हुँदो हो
मनसित मन मिल्ने मित्र पाए हुँदो हो ।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *