Skip to content

शब्दको महत्व


शुद्ध शुद्ध नलेखेर अशुद्ध लेखियो भने
भावनाहरु उल्टन्छन् भावना छेकियो भने ।।

जेसुकै अर्थ लागेर हाम्रो भाव हराउँछ
अशुद्ध लेखिए मित्र कसले मन पराँउँछ ।।

वर्ण हुन् ईशका रूप वर्णमै भाव सर्दछन्
शुद्ध स्पष्ट तथा राम्रा वर्णले मन हर्दछन् ।।

यिनै वर्णहरूभित्र स्रष्टाका भाव लुक्तछन्
भनिन्छ शुद्ध देखेर देवता पनि झुक्तछन् ।।

कहिले वर टाँसिन्छन् कहिले पर सर्दछन्
राम्रो सर्जकले नित्य वर्णमा भाव छर्दछन् ।।

वर्ण विज्ञान हो हाम्रो यो कुरा सब जान्दछन्
परब्रह्म भनी विद्वान् मनीषीगण मान्दछन् ।।

अशुद्ध लेखिए हाम्रो भाषाको मान बढ्छ र
जहाँ अस्पष्ट लेखिन्छ कसले अब पढ्छ र ।।

होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *