Skip to content

देशै उठाउनेछन्


अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रा युवाहरूले देशै उठाउने छन् ।।

बाँझो भयो धरा यो आई यतै जुटेमा
हज्जार पाखुराले बाँझो फुटाउनेछन् ।।

सम्बन्धसूत्र गाँसी यौटै लिएर बाटो
आवाद गर्नलाई आस्था जुटाउनेछन् ।

विश्वासको दियालो बालेर स्वच्छताले
नेता अगाडि लागे हज्जार आउनेछन् ।।

उच्चाइबाट अग्ला झर्नाहरू झरे झैं
सर्वत्र श्वेदधारा आफैं छुटाउने छन् ।।

वैरी छ आइलागे हाम्रा युवाहरुले
चम्केर शत्रुलाई आफैं धपाउने छन् ।।

मातापिताहरुले झन्डा उचाली माथि
यो देशमा सुरक्षाको गीत गाउनेछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *