सुरेश प्राञ्जली सापकोटा
बैग्लै स्वादको पुस्तक
अंग्रेजीको ‘सेक्स’ शब्द यौनमा मात्र सीमित छैन । अब यौनसँग कुनै सम्बन्ध नै नभएको सन्दर्भ र अर्थमा समेत सेक्स शब्द प्रयोग हुन थालेको छ । जस्तै, नयाँ डिजाइनको कुनै राम्रो मोटर कार वा मोटरसाइकलाई प्रशंसा गर्नुपर्दा सेक्सी कार वा सेक्सी बाइक भन्ने गरेको पाइन्छ । सेक्स शब्द कुनै पनि चित्ताकर्षक वस्तुको पर्यायवाची शब्द बन्न पुगिसकेको छ, जसको यौनसँग सम्बन्ध हुनुपर्छ भन्ने जरुरी छैन ।
युद्धकी पात्राको डायरी
युद्धमैदानः “ठोक् ! ठोक् !!” कमान्डर, आफ्ना मातहतका सिपाहीलाई आदेश दिँदै थियो । त्यो आदेश दिने कार्यसँग उसको कुनै रहर गाँसिएको थिएन । न त कुनै स्वार्थ नै । थियो त केवल बाध्यताको एउटा क्लेश । मध्यरात । माघको पूर्वार्द्ध, चिसोको चरमतामा उनीहरू युद्धजन्य बाध्यता बाँचिरहेका थिए । गोली, बारुदका अहर्निस आवाजहरू ।
एउटी शरणार्थीको कथा
आफ्नो राष्ट्रियता र पहिचान गुमाउनु पर्दाको पीडा कस्तो होला ? हदै भए कल्पनासम्म गर्न सक्छौं हामी । यथार्थमा पीडा अकल्पनीय नै हुन्छ । त्यस्तै ध्रुव सापकोटाको उपन्यास ‘अकल्पनीय’ को घटनावस्तु एउटी यस्ती नारी पात्रसँग गाँसिएको छ जसले आफ्नो राष्ट्रिय पहिचान नै गुमाउनु परेको छ । निर्वासित हुनुपरेको छ । सुरुदेखि अन्त्यसम्म नै उपन्यासकी मूलपात्र पेमाको वरिपरि केन्दि्रत रहन्छ कथावाचन ।
शंकर लामिछानेको सम्झना
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा ‘चेतनप्रवाह शैली’ -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी ।
कोलकाता, अन्तिम बिदाइ !
ओल्सिएको एक साँझ ।
रवीन्द्र भवन, वल्र्ड आर्ट टि्रयजर ।
उदीयमान एक बङ्गाली चित्रकार असीमकुमार घोषको ‘मोमिषा’ शीर्षकको चित्रकला प्रदर्शनी ।
एभाँगार्दे र दादावादका नयाँ संरचनाका चर्चाहरूसँगै कलाक्षेत्रमा देखिएका विविध प्रयोग ‘सर्रेलिज्म्’, अमूर्त अभिव्यञ्जनावाद, ‘फोटो रयिालिज्म्’, ‘जियोमेटि्रकल’ लगायत ‘मेटाआर्ट’ का विषयमा केन्दि्रत थियो कुराकानी ।
अन्तिम पात्र
‘नया बाटो बन्नका लागि पुरानो बाटो भत्किनु या भत्काइनर्ुपर्छ ।’
-डेरडिा
-प्रिय पाठक, पात्रहरू खोज्ने क्रममा एउटा महासागरीय तटमा आइपुगेको छ यो लेखक यतिबेला नया शैलीहरूसगै विषयवस्तुको खोजी दोहोरनिे समय आइपुग्यो या पुगेन, त्यो जान्दिन“ म, भलै पाठक र लेखकबीचको वाञ्छनीय संयोजन नै ‘टेक्स्ट’ हुनुकोे अस्ितत्व भने जरुर हो ।
