
चार्जरबिनाको मोबाइल
थियो साथि छाया सरी, आठै प्रहर साथमा,
गर्थ्यो भनसुन सदा, खुसुक्क मेरै कानमा ।
जनै बिना हुन्न बोल्न, भन्ने नि ज्ञान रहेछ,
उसको जनै हरायो, मौन धारण गर्या छ !
सवैको मनका कुरा, सुनी भन्थ्यो सब खोली ,
आज सुत्याछ विचरो , आँखा चिम्लेर नबोली ।
दियो सन्देश मलाई, गर कुराकानी बन्द,
आज्ञा पालक भएर, छु बसेको कान बन्द ।
