
अरुका छोरा फकाई, हातमा लौरो थमाई ,
किताब कलम फाली, तातो सडक दौडाई ।
बर्षाउँछन् इँटा ढुंगा, थकित पथिकलाई ,
हेर कठै ! रगताम्य, मरणासन्न बनाँई !
तिनै बालक बबुरा, जानुपर्छ अरब भोली ,
घरवासै धितो राखी , सर्वाँग रापमा पोली ।
ज्यानै गुमाउँ छन् ती, तातो बालुवाले पोली ,
पानीबिना जान्छ ज्यान , कठै नि ! फुट्दैन बोली ।
आफ्ना छोरा विदेश, पढ्नलाई पठाउँछन् ,
उच्चशिक्षा दिलाएर, उच्चैपद दिलाउँछन् ।
कैयौँ शहीद बनाई, पसे तिनै महलमा ,
यहाँ यस्तै छ बहिनी, हाम्रो नयाँ नेपालमा ।
