विश्व प्रपन्च
राजा जनक जनकपुरका, विद्वान सर्व शास्त्रका,
युद्ध हारी राज्य गुमाई, देश निकाला भएका ।
भोक तिर्खाले ब्याकुल नरेश, देश बाहिर गएर ,
विदेशी भण्डारामा पुगे उनी, मागेर खाऊँ भनेर ।
लामो पंक्ति भिखारीका साथमा, बसेछन् पछाडी गई ,
बाँडदै जाँदा भोजन सकियो, उनको पालै नआई ।
भोकले व्याकुल अधिक उनी, खान्छु सिता जुठा भनि,
अरूले फालेको पातको जूठो, हातमा उठाए अनि ।
उनको हातैबाट खोसी लग्यो, कागले नै त्यही पनि,
हाहा गर्दै श्वर ठूलो निकाली , दौडे डाँको छोड्दै उनि।
दगुर्दा काग पछि पछि उनी, लडे शैय्याबाट जब.
ब्युंझेर हेर्दा सब राजपाठ, देखे यथावत सव ।
जाग्रत स्वप्न वा निद्रा भएन, आज यकिन मलाई ,
‘अहिलेको सत्य ? वा पहिलेको ?’ कुन हो भन मलाई ।
‘अहिलेको सत्य ? वा पहिलेको ?’ भन्दै हिन्न थाले उनी,
सकेन उत्तर दिन कसैले, हिने सोध्दै के हो भनी ।
चिच्च्याउंदै हिनेको सुनी राजा, पागल भएका भनी ,
चिकित्सक वैद्यलाई देखाई, उपचार भयो पनि ।
छोएन औषधिले अन्नजल, त्यागेका उनले थिए ,
प्रजा र भारदार परिवार, चिन्तित भएका थिए ।
आठ ठाउँ बा ड्.गा कुब्रि परेका, अष्टावक्र नै भेटाए ,
अष्टावक्र ब्रिद्ध ब्राह्मणसित, उही नै प्रश्न उठाए।
‘अहिलेको सत्य ? वा पहिलेको ? ‘ प्रश्न राजाले गरेको,
‘अहिलेको न पहिलेको दुवै ,जान असत्य रहेको ‘।
‘के हो त सत्य’ राजाले सोधेका, ‘तिमी मात्र एक सत्य ‘,
‘पहिले अहिले त्यहॉ र यहॉ, देखे जति ती असत्य ।
त्यहाँ थियौ तिमी यहाँ पनि छौ, जताततै छौ नै तिमी ,
जताततै उपस्थिति रहने, छ जो सत्य जान तिमी ।
यहाँका राजपाठ तिम्रा शुख, त्यहाँका ती कष्टहरू ,
जान होइन सत्य कुनै पनि , गर कामकाजहरू।
यहाँको त्यहाँ र त्यहाँको यहाँ, देखिएन केही पनि,
ती सव असत्य बुझ जनक, यी विश्व प्रपन्च भनि ।
