Skip to content

आत्मदर्शन

ज्ञान-विज्ञान एकैहुन् , दुवैको योग भैकन।
एक अर्का विना बस्छन् , अन्ध पंगु ज भैकन ।

पुराण आप्त आशीष , उपदेश विद्वानका ।
यी यस्ता बन्दछन् स्रोत , भण्डार सव ज्ञानका ।

गुरु वचन ज्ञानै हो, पुस्तक ज्ञान वर्धक ।
अनुभव विना हुन्छन्, ज्ञान सवै निरर्थक ।

हुन् अनुभव पक्कै नै, ती मार्ग दर्शकै अनि ।
हुन्न कुशल कार्यै त, अनुभव विना पनि l

शास्त्रका वचनै हुन्छन् ,वाणी अमृत ज्ञान त ।
हो अनुभवको ज्ञान, सवै विज्ञान सम्मत ।

नासिका कर्ण त्चक्चक्षु , जीह्वा साधन अर्पण।
सवैको एउटै लक्ष, साध्य हो आत्म दर्शन ।

आगोले पोल्छ भन्ने त, ज्ञान अनिश्चयै त छ।
अनुभव गरी छोई , त्यही ज्ञान प्रदीप्त छ ।

गुलियो महको स्वाद ,नुनिलो हुन्छ नूनको ।
सुनेको अरूको यस्ता , क्षेत्राधिकार ज्ञानको।

नुनिलो गुलियो आदि ,यस्तै नै हुन्छ भन्न त ।
जान्न चाखेर मात्र नै , अनुभव हुने छ त ।

अनुभव त्यही मात्र, बन्दछ नि विज्ञान त ।
आत्मदर्शनको मार्ग, मात्र विज्ञान हुन्छ त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *