
बालक श्याम झट्पट्नै ,छ चकचक गर्ने काम ,
ऊ खेलखेलमा गर्छ , काली नाग पराधाम ।
कृष्णको दिनमा गाई, चर्थे वनमा रमाई,
दिन्थे दूध जति खाई, खान्थे बालक रमाई ।
संकट पर्दा उद्धार, पर्वतै गर्यौ उठाईं,
घनघोर पानी पार्ने, लाज मर्नु इन्द्र्लाई ।
गाई कै नाम पुकारी, बने पुजारी सत्ताका ,
एक मुठी घाँस दिन्नन्, लालची मात्र भत्ताका ।
बाँबाँ गर्दै आँसु झार्दै, गुहार माग्दै डराई,
चर्चतिर लखेटिए , कठै उद्धार नपाई !
आऊ गोवर्धनधारी, अब मुरली बजाऊ,
बोलाऊ गाण्डिवधारी, धनुष टंकार गराऊ ।
गीताका ज्ञान सिकाऊ, अनुरोध म गर्दछु,
क्रिष्ण जन्मोत्सव आज , शुभकामना भन्दछु ।
