
सगरमाथा चढौँ कि !
जेष्ठ छमा जन्म दिन, हार्दिक शुभकामना,
गदगद छु पाई म, पूर्ण छ मनकामना ।
क्रितज्ञ म अधिक छु , बन्धु बान्धव सबैको .
मलाई मित्र सम्झने , कल्याण होस सबैको ।
आहार बिहार निद्रा, प्राप्त छ बिना शुल्कमा
योग ध्यानासन सदा, प्रात: घुम्छु यदाकदा ।
प्राणायाम योगनिद्रा, विविध आसन पनि,
भ्रामरी र ध्यान-मुद्रा , छुट्दैन कहिल्यै पनि ।
नीर-क्षीर अलग्याई , सत्य असत्य बतांएँ
न्यायालयमा सचित्र, प्रत्यक्ष तथ्य देखांएँ ।
आजीवन सहीछाप, औँलाछापमा रमाएँ ,
‘लिंखतपरीक्षणको , विज्ञान’ पनि छपाएँ ।
बिते महिना अयन, साल सम्वत्सर कति
आठ पछि शुन्य जति , चन्द्रमा दर्शन त्यति ।
अझै छ जोस जाँगर, सगरमाथा चढौँ कि !
आठ पछि एक थपी, आगामी हुनेछु त्यति ।
पद्मराज काफ्ले
खट्टेकुलो, काठमाडौं ।
सम्वत् २०७३ साल जेष्ठ ६ गते
