शरीर हाम्रो अन्नले बनेको, अन्नमय कोश वेदले भनेको,
बासस्थान हो प्राणको यही नै, प्राणमय कोश नाम रहेको ।
प्राणको पनि प्राण हो नि वायु, नासिकाबाट गर्नु पर्छ पान,
पान वैज्ञानिक तरिकाबाट, गर्ने विधि हो प्राणायाम जान ।
श्वास तान्छौँ रोक्छौँ फाल्छौ र अनि, बाहिरै रोकि तान्छौँ फेरि भित्र,
तान्ने क्रियालाई भन्छौं पूरक, रोक्दा हुन्छ भित्री कुम्भक भित्र ।
बाहिर फाल्नु भनिन्छ रेचक, बाहिरै रोक्दा बाहिरी कुम्भक,
अक्सिजन हुन्छ शुद्ध वायुमा, श्वास लामो लिई गरौँ कुम्भक ।
जतिबेर सक्छौँ थुनेर राखौँ, प्राण वायु भित्री कुम्भकमा,
यम दूत पनि सक्दैन छुन, यो कुम्भकमा बसेको बेलेमा ।
जति लामो गर्छौँ पूरक रेचक, त्यति लामो हुन्छ कुम्भक पनि,
त्यसैले शनै: शनै: गरौँ लामो, अभ्यास रेचक कुम्भक पनि ।
असंख्य रोमकूपसम्म वायु, रक्त संचार पुर्याउनलाई,
गरौँ प्रयोग दीर्घ पूरकको, कुम्भक कुशल साधनलाई ।
पाँच मिनेटसम्म पनि कछुवा, गर्दछ कुम्भक रोकेर श्वास,
पाँचै सय वर्षसम्म बाँच्दछ, फेरेर नै उसले लामो श्वास ।
मार्कण्डेय बलय व्यास रिषि, बिभीषण हनुमान पनि,
अश्वत्थामा परशुरामहरू, कुम्भकमा बस्छन् आज पनि ।
अष्ट चीरिन्जीवि बनेका हुन्, गरी कुम्भक प्राणायाम पनि,
दीर्घजीवी अवश्य हुने नै छौँ, त्यस्तै चीरन्जीवी नबने पनि ।
सम्वत् २०७२ साल, मार्ग २५, मध्याह्न

काफ्लेजी अाफ्नो रचनालाइ पद्य
काफ्लेजी अाफ्नो रचनालाइ पद्य रचना भन्न् भयो । तर मैले ठम्याउन सकिन यो पद्य रचना कुन छन्दमा पर्ने रचना हो । कृपया जानकारी पाउँने अाशमा छु ।
सुवेदीज्यू , यस्तै रचना कतै
सुवेदीज्यू , यस्तै रचना कतै संजालमा नै पढेको थिएँ । राम्रो लागेर अनुशरण गरेको मात्र हूँ । छन्दको कुन परिभाषा भित्र समावेश हुन्छ, म पनि अनभिंज्ञ नै छु । यदि पद्य भित्र अटाउँदैन भन्ने हजुरलाई लाग्गछ भने, केमा समावेश गर्न उचित होला, फुर्सदमा जानकारी पाउँला कि ?
हजुर धन्यवाद । रेसपोन्सका
हजुर धन्यवाद । रेसपोन्सका लागि फेरि पनि धेरै धेरै धन्यवाद । जहाँ सम्म मेरो अध्ययन र अनुभवले यहाँको रचना कुनै निर्दिष्ट छन्दको लक्षणभित्र परेकाे पाउन सकिन । मैले निकै अध्ययन गरे । यसैले यसलाइ पद्य रचना भन्दा पनि कविता मात्र भन्नु पर्ला भन्ने मेरो ठहर भो । अरु अाफै विचार गर्नुहोला । विज्ञेषु किमधिकम् । पद्य कविताकै कुरा अाएपछि मेरो अाज असोज साेर गरे लेखेकाे एउटा सानाे कविता हेर्नुहोला । यदि मझेरीमा अायाे भने । मझेरीमा छाेडीराखेकाे छु । अनि हेरेर प्रतिक्रिया पनि दिनु होला । नमस्कार ।
आ’छ छ नि, छैन र सर ? 🙂
आ’छ छ नि, छैन र सर ? 🙂
सुवेदीज्यू , बडादशैंको
सुवेदीज्यू , बडादशैंको शुभकामना !
हजुरको सुझाव सल्लाहको लागि धन्यवाद !
हजुरको छन्द कविता पढें केही बुझें / हुझिन भन्न सक्दिन । यस विषयमा नै केन्द्रित रहेर सानो गन्थन हजुरको नाममा आजै मझेरीमा छित्र्याएको छु । अत्युक्तिको लागि सुझावसहितको क्षमा पाउने नै छु । नमस्कार !
खै त हजुरले भनेकाे रचना ता
खै त हजुरले भनेकाे रचना ता देखिएन ।
खैत भनेको रचना? ‘ ऐसेलुको बुटै मुनि…’
जाऊँ हेरौ भनौ प्रश्ट ,
नर भक्षक राक्षस जरैबाट गरौं नष्ट ।
https://www.majheri.com/node/18771