जीवन एक तत्व हो। तत्व तत्वबीच द्वन्द्व भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, बायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व तत्वबीच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाब रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू ईश्वर भेटाउन सकेका छैनन। तत्व नै ईश्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्दैन। जसले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै, जसले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ। शिबलाई शिब बनाउने, रामलाई राम बनाउने, कृष्णलाई कृष्ण बनाउने, बुद्धलाई बुद्ध बनाउने, क्राइष्टलाई क्राइष्ट बनाउने, महमतलाई महमत बनाउने, जैनलाई जैन बनाउने त्यो दिब्य तत्व नै ईश्वर हो। मान्छेलाई ईश्वर बनाउने परम त्यो दिब्य तत्वको खोजीमा नै आविस्कार भैरहेको छ। कुनै पनि बस्तुको महत्व त्यो ब्याक्तिको इच्क्षामा केन्द्रित गर्छ। मैले हिराको चाहाना गरे मात्र त्यस्को मूल्य बढछ। त्यस्तै बाहानाभित्र जुन मूल्य छ त्यो नै त्यस्को सिंगो अस्तित्व हो। मैले चाहाना नगरे कसैको हुन्छ। मान्छे चाहानाकै रंग लिएर जन्मिएको हुन्छ। जब त्यो रंग उडेर जान्छ त्यस पछि मान्छे नै हराउछ। हो म त्यही रंगको त्यान्द्रोमा झुन्डिएर फेरि जन्मन्छु। त्यही पानी बरफ, त्यही पानी बाफ। आखिर पानी त पानी नै हो। तत्वको तन्तुबाट नै जीवन बन्छ। आत्माले जुन तत्वको बिषयमा आत्मासाथ गर्छ जीवन त्यहीमा गएर बाँधिन्छ अनि फेरि त्यहीबाट स्वतन्त्र हुन्छ। जीवन जुन डाँडाबाट उदायो फेरि त्यही डाडाबाट अस्ताउछ। जीवन सुन्यबाट सुरु भो र फेरि सुन्यमा नै हराउछ। आत्माबाट मनको बृत्ति हुन्छ। मनलाई शरिरबाट पन्छाएर सोच्ने हो भने त्यहाँ केबल सुन्य हुन्छ र आत्माले आफ्नो काम गरिरहेको हुन्छ। पशुमा हुने आत्मा, मान्छेमा हुने, बृक्षमा हुने आत्मा एउटै हिसाबबाट प्रभाह हुन्छ। आत्मा पशु भए पनि, बृक्ष भए पनि मान्छे भए पनि आफ्नो ठाउमा आत्मा नै व्यापक रहन्छ। त्यही आत्मा कसैले नदेखेको परमात्मासँग मेलमिलाप गर्दछ। मान्छेमा महसुस गर्ने बृत्ति ज्यादै छ। अथार्थ मन्को चेतना ब्यापक हुन्छ।