Skip to content

हस्त गौतम "मृदुल"

भगवान बुद्ध र आजको दुखद स्थिति

जीवन एक तत्व हो। तत्व तत्वबिच द्धान्द्ध भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, वायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व-तत्वबिच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाव रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू इस्वर भेटाउन सकेका छैनन। तत्व नै इस्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्द्रैन। जस्ले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै जस्ले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ।

पोखरेली विशेष माया

  • by

माछापुछ्रेको दिब्य आँचल धौलागिरी हिमालको सुनौलो रोसनी अनि अन्नपूर्णको गोँधमा खेल्दै खेल्दै बगेकी सेती त्यस्का वरिपरि हरिया पहाडहरू लेकहरू अनि खोँचहरू मुर्ना र खोलाहरू त्यस्मा पनि सेता बादल उडेर थुम्का थुम्कालाई चुम्ने पलहरू साह्रै मन छुने दुश्यहरू देखिएका छन । गाई गोठ पातलो बस्ती शिलल जीवन दायिनी हावाको मन्द मन्द झोक्काले बेला बेलामा स्पर्श गर्दा को मोहित न होला र । घान्द्रुक गाउ जहाँबाट लम्जुग हिमाल हिमचुली मार्दी हिमाल धेरै धेरै सेताम्मे चुलीहरू हेर्दा कतै स्वर्ग यही हो कि भन्ने भान पर्छ ।

समाजसेवाका पथप्रदर्शक स्व. खगेन्द्रबहादुर बस्नेत

  • by

डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ । त्यहाँ घर छेउको खोपामा गणेशजीको मन्दिर छ । बाहिरपट्टि पर्खाल लगाइएको छ । तलपट्टि चार वटा कोठा छन । एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुतिरहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ । स्टेचर बेडमा सुतिरहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने । कही जादा पनि खाटैसँग बोकेर बाहिर कसैले लग्नु पर्ने । शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ । शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने ।

अशान्ति छ चारैतिर

  • by

अशान्ति छ चारैतिर शान्तिको कुनै बास छैन
परिवर्तन भै के भो नयाँ पनको आभाष छैन

मारिदैछन जनता अझ हुर्मत लुटे निरन्तर
जनताको आँशु पुछ्ने त आखिरमा को रैछ र
हाहाकार छ सबैतिर सुखको कुनै बास छैन
स्वतन्त्र भै बाँच्न पाउने यहाँ कुनै आश छैन

त्यो नयाँ गोरेटोमा

  • by

एकातिर मुस्तांग हिमाल अर्कोतिर डामोदर हिमालको काखमा एक अत्यन्त सुन्दर गाउँ अबस्थित छ। बिकट गाउँ भए पनि प्राकृतिक रुपमा अत्यन्त धनी छ मार्फा। नेपाली साहित्यका महान सृष्टा भूपी शेरचनको जन्मस्थान मार्फा आफैमा सृजनशील छ। आदणीय र गरिमामय छ। माथि माथि बुकी फलेको रानीबन। तल बग्ने मुस्तांग खोला। बिचमा फराकिलो गाउँ। ती नाँगा पहाडहरू खोपेर बनेका बिसाल बिसाल बुद्धका गुफाहरू मानौँ चमेरा लुक्ने ओडार जस्तादेखिन्छन। याक चौँरी अर्ना भेँडाको बथान चरिरहेका। अर्कोतिर डाँफे न्याउली र अनगिन्ती चराहरू भएको। फापरको फुलैफुलदेखिने।

त्यस्तो दियो नसल्काऊ

  • by

त्यस्तो दियो नसल्काऊ जस्ले उज्यालो पार्दैन
बरु त्यस्लाई स्थान देऊ जस्ले हिक्मत हार्दैन

खै मैले अनुभूति गर्न पाइन सुख शान्तिको
उही अगाडी बढेको छ जस्ले सिन्को सार्दैन

नियतिले झारिसक्यो झटारोले झार्नु पर्दैन

  • by

नियतिले झारिसक्यो झटारोले झार्नु पर्दैन
निरंकुशता मौलाएको छ शकुनिले हार्नु पर्दैन

आफैं परिरहेको छु अदृश्य बन्धनहरूमा यहाँ
त्यसमाथि निर्दयी काँडे तारले बार्नु पर्दैन

सुत्नु मेरो नियति होइन

  • by

सुत्नु मेरो नियति होइन तैपनि सुतेकै छु ।
निरीह यो जिन्दगीमा मृत्युलाई थुतेकै छु ।
खै कहाँ छन मैले उठाएका ती मान्छेहरू
खै कता थन्किएका छन मेरा ती सृजनाहरू

स्तब्ध पारी अनायासै गयौ (शोकगीत)

  • by

स्तब्ध पारी अनायासै गयौ शोकमा डुवाई
सधैंका लागि बिरानो भयौ यो मन रुवाई
तिम्रो लागि श्रद्धाञ्जली आँशुको मुरी भो
अब त तिम्रो दर्शन पनि सपना सरी भो

अपांगता (मनोन्यास)

  • by

धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर जाडोले बिस्तारै गाँज्दै लगिरहेको छ । दुखका आगाध चिसो सिरेटोले गर्दा जीवनको त्यो भरिलो रुखबाट सुन्दर सपनाका अनगिन्ती हरिया पातहरू मरिरहेका छन । कर्मको क्षितिजबाट उदाउने ती भाग्यका सुन्दर कोपिलाहरू अन्योल र निरंकुश समयको परिधिभित्र कैदी भै वैलिदै गैएका छन । आशाका ती कलिला पालुवाहरू धमाधम बसन्तको आगमन नहुदै मरिरहेका छन । निर्दयी र निरंकुशताको रातको तुषारोले सुन्दर फुलहरू पनि बिस्तारै अोइलिंदै मर्दै छन । त्यो खुला आकास पनि जून बिना छटपटाइरहेको छ । मात्र पिलपिल चम्कने मधुरो रोशनी छरेर ताराहरूले आफ्नो उज्यालो खोज्दै चम्किरहेका छन । कृतिम औंशीको रातले रामराज्यमा सामराज्य जमाइरहेको छ । बाताबरण मलिन छ । घर घरमा बल्ने दियोको रोशनी पनि अवैध क्रान्तिको हुरीले पटक पटक निभाउदै फेरि बाल्दै गर्दा थकित देखिन्छ ।

आत्मा र परमात्माको खोज

  • by

जीवन एक तत्व हो। तत्व तत्वबीच द्वन्द्व भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, बायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व तत्वबीच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाब रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू ईश्वर भेटाउन सकेका छैनन। तत्व नै ईश्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्दैन। जसले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै, जसले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ। शिबलाई शिब बनाउने, रामलाई राम बनाउने, कृष्णलाई कृष्ण बनाउने, बुद्धलाई बुद्ध बनाउने, क्राइष्टलाई क्राइष्ट बनाउने, महमतलाई महमत बनाउने, जैनलाई जैन बनाउने त्यो दिब्य तत्व नै ईश्वर हो। मान्छेलाई ईश्वर बनाउने परम त्यो दिब्य तत्वको खोजीमा नै आविस्कार भैरहेको छ। कुनै पनि बस्तुको महत्व त्यो ब्याक्तिको इच्क्षामा केन्द्रित गर्छ। मैले हिराको चाहाना गरे मात्र त्यस्को मूल्य बढछ। त्यस्तै बाहानाभित्र जुन मूल्य छ त्यो नै त्यस्को सिंगो अस्तित्व हो। मैले चाहाना नगरे कसैको हुन्छ। मान्छे चाहानाकै रंग लिएर जन्मिएको हुन्छ। जब त्यो रंग उडेर जान्छ त्यस पछि मान्छे नै हराउछ। हो म त्यही रंगको त्यान्द्रोमा झुन्डिएर फेरि जन्मन्छु। त्यही पानी बरफ, त्यही पानी बाफ। आखिर पानी त पानी नै हो। तत्वको तन्तुबाट नै जीवन बन्छ। आत्माले जुन तत्वको बिषयमा आत्मासाथ गर्छ जीवन त्यहीमा गएर बाँधिन्छ अनि फेरि त्यहीबाट स्वतन्त्र हुन्छ। जीवन जुन डाँडाबाट उदायो फेरि त्यही डाडाबाट अस्ताउछ। जीवन सुन्यबाट सुरु भो र फेरि सुन्यमा नै हराउछ। आत्माबाट मनको बृत्ति हुन्छ। मनलाई शरिरबाट पन्छाएर सोच्ने हो भने त्यहाँ केबल सुन्य हुन्छ र आत्माले आफ्नो काम गरिरहेको हुन्छ। पशुमा हुने आत्मा, मान्छेमा हुने, बृक्षमा हुने आत्मा एउटै हिसाबबाट प्रभाह हुन्छ। आत्मा पशु भए पनि, बृक्ष भए पनि मान्छे भए पनि आफ्नो ठाउमा आत्मा नै व्यापक रहन्छ। त्यही आत्मा कसैले नदेखेको परमात्मासँग मेलमिलाप गर्दछ। मान्छेमा महसुस गर्ने बृत्ति ज्यादै छ। अथार्थ मन्को चेतना ब्यापक हुन्छ।

नरोइदेऊ न

  • by

नरोइदेऊ न ए बनकी न्याउली चरी
तिम्रो भन्दा नि यो मन रुन्छ घरीघरी
बिचलित भैसकेँ दु:खमाथि दुख परी
पापी दुनियाँ माझ भएँ आज कठैबरी

झुटा सपना देखाउदै मलाइ लुटी रहे
सुख शान्ति समृद्धिका आधार टुटी गए
कहाँ जाऊँ म कस्लाइ पोखुँ यी ब्याथा
खुशी बिना बाँचेका छन मेरा यी कथा

यो हृदयभित्र तिम्रो अमिट छाप रहेछ

  • by

यो हृदयभित्र तिम्रो अमिट छाप रहेछ
जीवन रहेसम्म कैलै नमेटिने भए छ

अन्ध्यारो हुँदा नि देख्छु ममताको दियो
त्यही त मेरो जिउने एक आधार थियो

औधी मात्तिए छु म त्यो न्यानो मायामा
यो जीवन पुर्ण बनाउन खोजेछु छायाँमा

श्रद्धान्जली स्वर्गीय गोपाल भुटानीज्यूमा

  • by

स्तब्ध भएँ म, शोकाकुल खवर पाई
भावविह्वल भएँ म सुन्यताले छाई
श्रद्धेय स्रष्टाको नै देहवसान भएछ
दिव्य त्यो सालीनता संधैलाइ गएछ

दिवंगत पुज्य पिताको स्मृतिमा

यति खेर म ब्राइटन नजिकैको सहर होपमा बसेर दिउसोतिर समुद्री किनाराहरूसँगै लुकामारी खेल्दै थिएँ । अचानक देव्रे कानमा ठुलो स्वारले ठक्कर दियो । भयानक घटना घटेको छ मेरो जीवनमा । यो अशुभ धमाकाले कानमा प्रवेश गरी मनमा एककासी अनेक कुराहरू सम्झन पुगें । अनि समुद्री किनारालाई छोडेर म आफ्नो कोठामा पुगें । हिजो मात्र सेन्ट्रल लन्डन कंगक्रस गएको थिएँ । बिरह जागेता पनि नेपालबाट कति खेर के खवर आउछ भन्ने त्रास लागिरह्यो । यसै त गत राति सपना पनि भयानक देखेको थिएँ । सपनामा हामी बाबु छोरा पहाडको कुनै कुनाबाट जहाजमा उँडिरहेका थियौं र अचानक बाबा त्यो जहाजबाट खस्नुभयो र म एक्लै बाँकी यात्रा पार गरें । यस अर्थमा पक्का पनि बाबाकै ज्यान तलमाथि परेको डर मनमा लागिरहेको थियो । त्यो रात म राम्रोसँग नसुतेर बिताएँ । भोलिपल्ट एकाबिहानै नेपालबाट फोन आयो । नभन्दै बाबा बितेको २ दिन भैसकेछ । त्यो सुनेर म स्तब्ध भएँ । न म रुन सँके न बोल्न । नेपाल गएर बाबालाई भेट्ने रहर पनि अनयास सेलाएकोले म स्तब्ध भएँ । केही दिन मात्र रुकुम गएर फर्कने र काठमान्डौ आउँछु कान्छा भनेर फोन गर्नु भएको थियो एक महिना अगाडी मात्र । म बिदा हुँदा खै किन हो बाबाले मलाई निकैबेर अंगालो हाल्नुभो र तपतप आँशु चुहाउँदै बिदा दिनुभएको थियो । सायद त्यो नै अन्तिम भेट भनेर हो कि ।

जलेको हृदयमा फुलेको प्रेम

आदरणीय मित्र गीताजी, मेरो नमस्कार । तपाईंको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु । तपाईंलाई पहिलोपल्ट यो पत्र लेख्दै छु । मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमि आई सकेको छ किनभने मेरा जीवनका अक्षरहरू निकै गरिब भइसके । यो पुँजीवादी समयमा यस्ता दरिद्र अक्षरको केही अर्थ छैन । यी निरही र अभागी अक्षर पढ्ने तपाईंका कोमल नयनहरूमा परिवर्तनको झलक आइसक्यो । तपाईंका नजर खानदानी अक्षरतिर आर्कषित भइसके । मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने विगतका ती दिब्य यादहरूले गर्दा अन्तिम पत्र लेख्न विवस छु ।

स्वर्गहरूमा पनि स्वर्ग जस्तो आफनो सुन्दर मातृभूमिलाई चटक्कै छोडेर यो विरानो दुनियाँमा रुमल्ली रहेको छु । यो विरानो ठाउँमा यादहरू नै सहयात्री बन्दारहेछन । सात समुन्द्र तरेर, सबैलाई माया मारेर एक्लै तड्पेर बस्दाका दिनहरूमा, तिनै सुन्दर अतितहरूले विगतलाई कोटयाइरहन्छ ।

सिस्नेहिमालको अनुपम सौन्दर्य र सौम्य मुस्कानको न्यानो आभाषबाट टाढा भएको पनि तिन दशक भैसकेछ । बाउन्न पोखरी त्रिपन्न ताल भनेर चिनिने मेरो प्यारो रुकुम छोडेको यत्तिका दिन भैसकेछ । समयको गर्भभित्र जीवित ती हाम्रा यादहरूले बेला बेलामा स्मृतिको कोखमा जन्मि दिंदा मन प्रशव पीडामा छटपटिन्छ । हामी पुतलीसडकमा भेटेको पनि एक दशक बितिसकेछ । समयको गतिले कहाँबाट कहाँ हुत्याइदिन्छ कुनै सिमा छैन । आज तपाईं कहाँ कस्तो परिवेशमा पुग्नु भो र म कहाँ कस्तो परिवेशमा पुगें ।

HastaGautamMridul

जिन्दगी त यस्तै भो

अभावै अभावमा जिउने, जिन्दगी त यस्तै भो
जस्को कुनै चाहाना थिएन, आखिरमा त्यस्तै भो

सुनौला ति सुन्दर सपना, ओझेल परी गए
लक्ष्यबिहिन भविष्य मेरो, अनयासै सस्तै भो

झुटा आशा देखाउनेहरू, अँझै राज गर्दैछन,
आफूलाई रित्याउदा पनि, कै नगरे जस्तै भो