नरोइदेऊ न ए बनकी न्याउली चरी
तिम्रो भन्दा नि यो मन रुन्छ घरीघरी
बिचलित भैसकेँ दु:खमाथि दुख परी
पापी दुनियाँ माझ भएँ आज कठैबरी
झुटा सपना देखाउदै मलाइ लुटी रहे
सुख शान्ति समृद्धिका आधार टुटी गए
कहाँ जाऊँ म कस्लाइ पोखुँ यी ब्याथा
खुशी बिना बाँचेका छन मेरा यी कथा
नरोइदेऊ न ए बनकी न्याउली चरी
आपत बिपत भोगेको छु नि थरीथरी
लावारिस भैगएँ कष्टमाथि कष्ट परी
पापी दुनियाँ माझ भएँ आज कठैवरी
ओठको हाँसो हराएको धेरै भैसक्यो
अनमोल जिन्दगी पनि खेरै गैसक्यो
न बासको ठेगान छ यहाँ न गाँसको
जताततै दख्दै छु अवस्था सर्वनासको
नरोइदेऊ न ए बनकी न्याउली चरी
नियतीले हेर्छ मलाइ आँखा तरी तरी
बेहाल भएँ नि पीडामाथि पीडा परी
पापी दुनियाँ माझ भएँ आज कठैवरी
