न सोध न मेरो हाल, देशको नै बेहाल छ
भोली झन के हुने हो? यही ठुलो सवाल छ
निहित स्वार्थमा जुटी, ढुकुटी लुटेकै छन
गरीबहरूलाई भने सधैंको अनिकाल छ
सतीको श्रापले होकी, गर्नेको भलो भएन
राम्रो चिताउने मान्छेलाई त ब्रह्मनाल छ
अमन् चैन् खल्बल्लिंदा, दन्डहीनता नै बढयो
जैले पनि जन्तालाई, षडयन्त्रको नै जाल छ
सुख, शान्ति, समृद्धिको, बलियो खाका कोरिन्न
आपसी खिचातानीको, राजनैतिक् चाल छ
