Skip to content

पोखरेली विशेष माया

  • by


माछापुछ्रेको दिब्य आँचल धौलागिरी हिमालको सुनौलो रोसनी अनि अन्नपूर्णको गोँधमा खेल्दै खेल्दै बगेकी सेती त्यस्का वरिपरि हरिया पहाडहरू लेकहरू अनि खोँचहरू मुर्ना र खोलाहरू त्यस्मा पनि सेता बादल उडेर थुम्का थुम्कालाई चुम्ने पलहरू साह्रै मन छुने दुश्यहरू देखिएका छन । गाई गोठ पातलो बस्ती शिलल जीवन दायिनी हावाको मन्द मन्द झोक्काले बेला बेलामा स्पर्श गर्दा को मोहित न होला र । घान्द्रुक गाउ जहाँबाट लम्जुग हिमाल हिमचुली मार्दी हिमाल धेरै धेरै सेताम्मे चुलीहरू हेर्दा कतै स्वर्ग यही हो कि भन्ने भान पर्छ ।

एकातिर सारंगी भिरेको हातमा छरितो बेतको लौरो समाएको पुराना बस्र लगाएको लामो लामो कपाल च्यातिएका जुत्ता लगाएको एक तन्नेरी सारंकोटको एउटा अग्लो पाखोमा बस्दै लामो सास तानेर सारंगी हातमा खेलाउदै एउटा धुन एउटा लय श्रीजना गर्दै पोखराको बारेमा मनमुग्ध गीत गाउन थाल्छन ।

यो भूस्वर्ग हो प्रकृति रचित कविको कल्पना
फेवामा गै प्रतिदिन डुबुल्की मार्छिन तृष्णा

माछापुच्छे्र पनि मुस्कराउछ मिर्मिरेरमा सधैं
झस्काउछिन धौलागिरी मन बिउझाउदै हदै
अलिकति लुकाइकन् मुख सेतीले खै के देखी
ह्सिली र शसिली पोखराको बस्छु गीत लेखी

यो भूस्वर्ग हो प्रकृति रचित कविको कल्पना
रुपामा गै प्रतिदिन डुबुल्की मार्छिन तृष्णा

मोडी माडी सुसाउदा उर्लन्छ वैशालु जवानी
सारंकोटमै शुरु गर्छन प्रीतिका जीवन्त कहानी
बिन्देवासिनीको स्थान पाकृतिक छटा सुन्दर
स्वर्गहरूमा नि स्वर्ग यस्तो अन्त पो कहाँ छर

यो भूस्वर्ग हो प्रकृति रचित कविको कल्पना
बेग्नासमा गै प्रतिदिन डुबुल्की मार्छिन तृष्णा

गीत गाइसकेपछि लौरो समाइ हिन्दा हिन्दै एउटा खाल्टोमा परी लड्छन । कतैबाट एउटी केटी त्यो लडेको देखेर उठाउन आइ पुग्छीन । लौरो उछटिएको थियो । त्यो लौरो पनि समाएर हातमा राखी दिन्छिन । अनि हात समाएर डोरयाउदै अलि सजिलो ठाउमा ल्याउछिन । हिन्दा हिन्दै एउटा ढिस्को देखिन्छ त्यसेमा पुगेर दुवै बस्छन । केटीले बोल्न नसकेको तर बेला बेला आवाव आएको सुनेपछि केटा बोल्न न सक्ने भनी अनुमान गरे । केटीले पनि सारंगी भिरेर गाउदै हिन्ने नेत्रहिन मान्छे भएको वुझिन । डिस्कोमा पछाडि छायामा बसेको २ जना देखिन्छन । केटी पनि कुर्ता सुरुवाल लगाएकी गहुँगोरी खाइलाग्दी र निकै हितेषी देखिन्छीन । पोखरामा नयाँ अबसर खोज्दै बागलुगबाट आएकी बहिरी केटी अनयास आज दुई अपांगको भेट भएको छ ।

केटाले सारंगी झिकेर फेरि बजाउन थाले । तर उन्ले केही नसुन्ने भएको बुझेर फेरि बन्द गरी कुराकानी गर्ने प्रयास गरे । तर त्यहाँ एउटा ठुलो खाडल देखियो दुवै विचको संचारको । केटीले हात तानेर आफनो नाम आँचल लेखिदिन्छिन । केटा आफू पवन भएको हातमा औलाले खोपे जस्तो गरेर लेखिदिन्छ तर उनी बुझ्दिनन । पवन व्रिल लिपीबाट लेख्न खोज्छन । आँचल सांकेतिक भाषाबाट बुझाउन खोजिन । तर दुवैले आ आफनो नाम अर्थयाउन सकेनन । दुवै खिन्न भए । साँकेतिक भाषा पवनले बुमुन सक्दैन । व्रेललिपी आँचल पढन सकिनन । एक अर्काको सामु भए पनि उनीहरू बास्तवमा धेरै टाढा टाढा भएको अनुभव भयो । आपसमा आपनो नाम भन्ने दुख सुखको कुराकानी गर्न चाहेको उत्सुकता जाहेर गरिरहेछन । तर उनीहरूबिच कति गारो भयो भने आखिर यी दुवैको संचारको माध्यम के त कसरी उनीहरू विच पनि अरु सरह संचार र सम्पर्क हुन सक्छ केही भन्न खोजिरहेकी छन । तर आँचलको हात हलाउदा मुन मुन चुरा बजेको आवाज सुन्छ । त्यही आवाजको दायरा भित्र आँचलको उपस्थिति जनाइरहेकी छिन ।

“मलाई पानी पिउन मन लागेको छ,” पवनले केही साँकेतिक गरे । पानी पिउने हातले संकेत गर्दा आँचलले बुझिन । प्या प्या बुझे झै गरी उनी दैडिदै एउटा धारामा पुगेर पलाष्टिकको झोलामा पानी लिएर आइन ।

प्या प्या भन्दै हात समाउछिन र पानीको पोको हात लगाइदिन्छिन । पानी ल्याइदिएको देखेर दंग पर्दै पवनले धित नमरुन्जेलसम्म चिसो पानी पिउछन । पवनले बुझे कि इसारा नै उन्को बुमुने भाषा रहेछ । पानी ल्याइदिए पछि बिस्तारै उस्ले इसाराबाट बोल्ने प्रयास गरे । मिठो पानी धन्यावाद भन्दै बढी औला देखाउदै पवनले भने । आँचल खुशी हुदै भन्छिन । अनि फेरि पवनले एउटा लोक धुनसँगै लोक गीत निकाल्छन् –

हँसियाले घास काट्दै डोको भरेकी
देउरालीको पानी पिउन तल मुरेकी
इनद्रेनीको रङ्ग छरी बनमै फूलेकी
बिहानीको हिमाल झै चट्टै खूलेकी

मलाई तिम्रो मूस्कान मन परयोनी
मााेहनी त्यो नजरले गर्न गरयो नि
मृग झै फूर्तिली मौरी झै चंन्चल
मोहित भएँ म चुरा बज्दा छमछम

ध्ार्तिमा नै उत्कृष्ट छ तिम्रो यौवन
तिमी बिना अधूरो हुने भो जीवन
ऐशेलू काफल टिप्दै पोल्टो पारेकी
प्रकृति कै अुचलमा जीवन खारेकी

जान्ने बुझ्ने चासो हुँदा हुँदै पनि आँचलले त्यो गीतको न लय बुझिन । न गीत बुझिन । मात्र आफनो िपंडाबोधको आँशु गहभरि बगाइन । त्यो आँशुमा िसँगै मानवीय अभाव पोखिएको छ । आँचललाई त्यो मधुर धुन र गीत अर्थहिन भएको छ । किनकि उनी सुन्दैनिन । धुनको मिठास महसस गर्न सक्दैनिन । आँचलले महत्वको मिठास महसुस गर्ने बाताबरण नै पाउन सकनिन । उनी दिक्क मान्छिन । जाने इसारा गर्दै हात समाउछिन । तर कहाँ जाने पवनलाई केही थाहा छैन । तान्दै हिन्ने भन्छिन । अनि पवन पनि ढुक्कसँग हिन्छ र एउटा रेष्टुरेन्ट भएको ठाउमा पुग्छन ।

आँचल न भोकाएको होइन तर के खाने के माग्ने कसरी माग्ने समस्य उत्पन्न भो ।

पवन साहुलाई भन्छन,”साहुजी हामीलाई दुई कप चिया दिनोस र दुई पिलेट मोमो पनि दिनोस ।”

पवनले केही खाना मगाएको महसुस गरी चुपचाप बसिन आँचल । दुवैको अगाडि चिया र मोमो आइपुग्छ । मुख मिठयाउदै आँचल खुशी भावले आफनो नजिक सार्छिन । अनि पवनको पिलेट पनि नजिकै राखेर हातले समाइ अचार र सुप पनि छेउमा छ भनी जनाउ दिन्छिन । अनि पवन पनि हातले छाम्दै टिप्दै खाँदै गर्छन र आँचल पनि मिठो मानी मानी खान्छिन । निकै भोक लागेको जस्तो गरी खाए ।

पवनले खोजीबाट पैसा निकाल्दै सोधे,”कति भो साहुनी ?”

उनी टुलुटुलु हेरी मात्र रहिन । खाजा खाएपछि फेरि अर्को समस्य भो जाने त जाने कता जाने साँमु पर्ने बेला पनि भैसकेको छ । सरांकोटबाट तल हिन्दै हिन्दै मुरे । एकले अर्कोको सहारा बनेर हिन्दै गए । अनि दुवै जना बाटुले चउर पुगेपछि आँचलले आफू बस्ने कोठामा लगिन । उनी आफनो बैनीसँग बसेकिरहिछिन । दुई जना बसी फेरि पानी पिउन दिइन । हातले पानीको गिलास समाउन र पिउन भनिन । पवन योभन्दा अगाडि कहिलै यसरी खान र पिउन पाएको थिएन । माायालु भावमा हातमा राखेर खाउ भन्ने प्राय भेटेको थिएन । साँमु पख बहिनी मन्दिरा पनि आइन । कोठामा एकजना केटा मान्छे बसेको देखेर जिल परिन तर । बहिनी आए पछि आफनो बैनीलाई बेली बिस्तार लगाई कुरा गर्न थालिन । बैनी दोभासे भएर मध्यस्तता गर्न थालिन ।

आँचलले इसारामा भनिन,”आज दिउसो सारंकुटतिर पहिलो पल्ट घुम्न गयकी थिएँ । तर मान्छे हिन्दा हिन्दै खाल्टोमा लडेको देखेर म उठाउन गए आँखा न देख्ने मान्छे भन्ने मलाई थाहा भयो । अनि मैले उठाएर खसेको लौरो पनि हातमा समाइ हातमा दिएँ । नेत्रहिन मान्छे कसरी कता जालान भनेर मैलेसँगै बसे रसँगै लिएर आएँ ।”

पवनले पनि आँचललाई भेटेर अत्यन्त खुशी भएको बताए ।

“म पवन हुँ म पछि राम्रो उपचार नपाएर आँखा नदेख्ने भएको हुँ । म यही पोखरामा सारंगी बजाएर यसैको धुन बेचेर ज्यान पाल्दै आएको छु । म पनि एकजना साथीसँग बस्छु ।”

पवनले आफू जस्तै अपांग भएको कारण आँचललाई साँकेतिक भाषा सिकाउन बहिनीलाई जोड गरे । आँचल बेला बेलामा पवनतिर दृष्टि लगाउथिन । कता कता के के भयो जस्तो एउटा हराएको बस्तु भेटे जस्तो खुशी र कौतुहल भएको भाव पोखिन । आँचलले पवनलाई आफनै कोठमा बस्न आग्रह गरिन र आफनै हातले बनाएको खाना खाएर जान भनिन । बैनीले आँचलले भनेको कुरा सुनेर दंगदास हुँदै आफनो मन्जुरी दिए ।

साँझ मुमक्क परिरहेको थियो । बैनीले आँचलको भाव बुझेर पवनलाई कोठामा नै बस्न दिइन ।

जति रात छिपिदै गयो उति मनमा माया पनि गहिरिदै गयो । सुत्नु अगाडि पवनले एउटा गीत सुनाउन सारंगी रेट्न थाले । गीत गुनगुनाउन थाले –

सौन्दर्यको बान्की कस्तो कस्तो
धर्ती मै कूनै ठाउ छैन त्यस्तो
बाहूतै सून्दर छ पोखरा यस्तो
स्वर्गहरूमा पनि छ स्वर्ग जस्तो

माछापुर्छे मूसक्क मूस्काइदिदा
लाजले सेती लूकेर बग्छीन ।
फेवातालमा आफनो बैश हेर्दै
अजम्वरीकॊ साइनो गास्छिन ।

सून्दरतामा मुनै सून्दर जस्तो
मनलाई सधैं लोभ्याउछ यस्तो
लाग्छनी पोखरा सपना जस्तो
स्वर्गहरूमा पनि छ स्वर्ग जस्तो

बागेस्वरी माइ आशिष दिन्छिन
धौलागिरी हिमाल शितल छर्चिन ।
सारकोटबाट दृष्यहरू नियाल्दा
रुपा बेग्नास र फेवा दंग पर्छिन ।

उत्कृष्टमा मुनै उतकृष्ट जस्तो
प्रकृतिकै ब्रदान नै पाएको जस्तो
अदभूत छ पोखरा कस्तो कस्तो
स्वर्गहरूमा पनि छ स्वर्ग जस्तो

गीतको भावुकता र उन्को परिस्थितिलाई बुझेर बहिनी पनि आँखाभरि आँशु पारिन । मन्दिरा भावुक भए पनि आँचलको मन उस्तै पग्लिरहेको थियो मैन शिखा भएर । अन्तमा रातले सबैलाई पोल्टामा पारयो कतै केही सुन्न सकिएन । निरन्तर सेती बगेको सुसाइरहिन मानौ उनी पनि कुनै पीडाको गीत गाउदै पवनको सारंगी रेटिरहेकी छिन । बेला बेलामा एकाध कुकुरहरू भुकेको मात्र सुनिन्छ अली पर पर… ।

हस्त गौतम मृदुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *