नियतिले झारिसक्यो झटारोले झार्नु पर्दैन
निरंकुशता मौलाएको छ शकुनिले हार्नु पर्दैन
आफैं परिरहेको छु अदृश्य बन्धनहरूमा यहाँ
त्यसमाथि निर्दयी काँडे तारले बार्नु पर्दैन
मुटा सपना देखाई लुट्नु जति लुटिसक्यौ
अन्योलमा जिउदै मरिसकें फेरि मार्नु पर्दैन
क्षत-विक्षत भएको छ मेरो अन्तर-आत्मा फेरि
चिनिसकेँ तिम्रो क्षमता अब झारो टानु पर्दैन
वाक्क दिक्क भएर बिस्थापित भैसकें गाउँबाट
आफै बसाइँ सरिसकेपछि कसैले सार्नु पर्दैन
