Skip to content

भगवान बुद्ध र आजको दुखद स्थिति


जीवन एक तत्व हो। तत्व तत्वबिच द्धान्द्ध भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, वायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व-तत्वबिच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाव रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू इस्वर भेटाउन सकेका छैनन। तत्व नै इस्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्द्रैन। जस्ले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै जस्ले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ। शिबलाई शिव बनाउने, रामलाई राम बनाउने, कृष्णलाई कृष्ण बनाउने, बुद्धलाई बुद्ध बनाउने, क्राइष्टलाई क्राइष्ट बनाउने, महमतलाई महमत बनाउने, जैनलाई जैन बनाउने त्यो दिब्य तत्व नै इस्वर हो। मान्छेलाई इस्वर बनाउने परम त्यो दिब्य तत्वको खोजीमा नै आबिस्कार भैरहेको छ। कुनै पनि बस्तुको महत्व त्यो ब्याक्तिको इच्क्षामा केन्द्रित गर्छ। मैले हिराको चाहना गरे मात्र त्यस्को मूल्य बढछ। त्यस्तै बाहानाभित्र जुन मूल्य छ त्यो नै त्यस्को सिंगो अस्तित्व हो। मैले चाहना नगरे कसैको हुन्छ। मान्छे चाहनाकै रंग लिएर जन्मिएको हुन्छ। जब त्यो रंग उडेर जान्छ त्यस पछि मान्छे नै हराउछ। हो म त्यही रंगको त्यात्द्रोमा झुन्डिएर फेरि जन्मन्छु। त्यही पानी बरफ, त्यही पानी बाफ। आखिर पानी त पानी नै हो। तत्वको तन्तुबाट नै जीवन बन्छ। आत्माले जुन तत्वको विषयमा आत्मासाथ गर्छ जीवन त्यहीमा गएर बाँधिन्छ अनि फेरि त्यहीबाट स्वतन्त्र हुन्छ। जीवन जुन डाँडाबाट उदायो फेरि त्यही डाडाबाट अस्ताउछ। जीवन सुन्यबाट सुरु भो र फेरि सुन्यमा नै हराउछ। आत्माबाट मनको बृत्ति हुन्छ। मनलाई शरिरबाट पन्छाएर सोच्ने हो भने त्यहाँ केबल सुन्य हुन्छ र आत्माले आफनो काम गरिरहेको हुन्छ। पशूमा हुने आत्मा, मान्छेमा हुने, बृक्षमा हुने आत्मा एउटै हिसाबबाट प्रभाह हुन्छ। आत्मा पशू भए पनि, बृक्ष भए पनि मान्छे भए पनि आफनो ठाउमा आत्मा नै ब्यापक रहन्छ। त्यही आत्मा कसैले नदेखेको प्रमात्मासँग मेलमिलाप गर्दछ। मान्छेमा महसुस गर्ने बृत्ति ज्यादै छ। अथार्थ मनको चेतना ब्यापक हुन्छ।

आखिर बुद्धले आत्माको निरन्तरतालाई बुझेपछि शरीरको मोह त्यागेका थिएँ। मनको पछि लाग्नेहरू मान्छे र आत्माको पछि लाग्नेहरू बुद्ध हुन्छन। आत्माको हिंशा नगर्न सल्लाह दिएकै आत्माको एकरुपतामा नै हो। आत्मालाई बिचलित नपार्न बुद्धले संसारलाई झकझकाएका हुन। आयु नपुग्दै कुनै घटनाद्धारा मरेको आत्मा र समय नपुग्दै फलेको फलको अवस्था एउटै हुन्छ। बिचलित आत्मा प्रेत आत्माको रुपमा भौतारिएर दुख झेल्दछ। हिंशामा आत्मालाई नररुवाउ। आत्मालाई सान्तीले नै प्रजोलित गर्छ। सान्ती बहुत ठुलो सक्ती हो जहाँबाट आत्माले चियाउन सक्छ हरेकको मनमा अनि हरेकको जीवनमा। प्रजातन्त्रमा आत्मालाई बिचलित पार्दैनन। किनभने प्रजातन्त्र नै हरेकको आदर र सत्कारबाट जन्मने सिद्धान्त हो। उच्च बिचार र व्यवहारबाट जन्मने हो। राजनीति सैतानिक आगो हो जहाँ हरेकको आत्मा डडाउने काम गर्छ। सैतानिक आगो रगतले मात्रै निभाउदछ। त्यसैले धर्तीमा रगत भोक खाने राजनीति अक्तीयार गरेका छन। आपसी द्धान्द्ध नै समधान बनाएका छन। पृथ्वी सबैको साझा घर हुदा हुदै पनि धेरै घर बनाउनु परेको छ। मानव जाति एउटै जातिको भए पनि भेदभावले अनेक जातीमा छुटयाएको छ। यही नै राजनीतिको उपलब्धी हो। म यो उपलब्धी मेटाउन चाहान्छु। परम सान्ती बिनाको पृथ्वी नै खल्लो भो। दैवीय सक्ती, धर्म, खुशी, कर्तव्य, गतिशिल्ता, आत्मीय सम्बन्ध, सदभाव, सदज्ञान, कल्पना, बुद्धि, विज्ञान, अनुसन्धान, खोजी, न्याय, सत्य, आस्था, दर्शण, आदर्श त्याग, सृजना समझदारी, सान्ती जस्ता गुणहरू नै प्रजातन्त्रका बलिया जग हुन। अथार्थ मानवता बिनाको प्रजातन्त्र रस बिनाको फल नै हो। रस नभए कस्ले फलको आस गर्छर। मेरो देशमा पटक पटक रस बिनाको फल फलाउन खोज्छन। मलाई यहीमा नै अन्तरबिरोध छ। भगवत गीता विश्वका मानवजातीका लागि हो तर बाइबल पढनेले गीतालाई सोत्तरस्याउलो ठान्दछन। गीता पढनेले बाइबलाई बेकार ठान्दछन। यो होइन हरेक ग्रन्थ ज्ञानका पुन्ज हुन। जुन जहाँबाट जन्मयो त्यो त्यही गएर सक्किन्छ। एकाइसौ सताब्दीको कुटिल प्रजातन्त्र मैले खोजेको होइन। रुखहरू आफनो फलखानबाट कस्लाई रोकेका छन र….। हो प्रजातन्त्र त्यही नै रुख हो जहाँका जनताहरू फलखानबाट कहिल्यै बन्चित हुन्नन। सक्ती, स्रोत र साधन सबैको पेवा हो यो प्रजातन्त्रले नै सिकाउछ। मान्छेले नै आफनो कुटिल स्वार्थसिद्धीका लागि रुखको फल खानबाट रोक लगाएको छ। यो नै अन्त्य हुनु पर्छ। यो विभेद हटाउनु आवश्यक छ। यहाँ कहिल्यै आफूले भने जस्तो भएन जहिले पनि राजनैतिक अन्धकारले छाइरहयो।

जीवन मुक्तिको सारभुत तत्व आत्मानुभूति नै हो। सत्यताको मार्गबाट नै आत्मानुभूतिको परम लक्ष्यमा पुग्न सकिन्छ। सत्यताको परिभाषा ज्ञानले गराउछ। अन्तस्ग्रस्त मनले ज्ञानको प्राप्ति गर्न सक्दैन। मनलाई ज्ञान आर्जन तर्फ लगाउन नत वन पसेर हुन्छ न त घरको चारदिवार भित्र। मन संसारिक हरकार्य गर्दा गर्दै पनि ज्ञान प्राप्त गर्न सक्छ। मैले नै गर्दै छु भन्ने होइन म कुनै तत्वको आदेशमा गर्दै छु। त्यो आत्मा तत्वले सवथोक गराउछ। कसैले कसैलाई केही गराउदैन। यो सव सवले सबैलाई गराउछ किनकि यो सव त्यही आत्मा तत्व हो। यो कार्य गर्दाको शाक्षी आत्मा नै छ। त्यो शाक्षी आत्मा स्वयं आफै हो। आत्मातत्वको खोजी गर्न स्वयंमा पुग्नु पर्छ। अन्तकतै जानु पर्दैन। जस्तै जति गहिरो कुवा खन्यो उती मिठो पानी भेटिदै जान्छ। त्यसैगरी जति सक्यो त्यति नै खोजी गर्दा आत्मात्वको आभास हुदै जान्छ। आत्माको कुवाबाट ज्ञानको पानी मिmक्ने साधन मन हो। यो मन प्रदुशणयुक्त भएमा पानीको मुल देखी वाताबरण नै दुषित बनाई दिन्छ। दुषित मनले पबित्रजल प्रदान गर्न सक्दैन। तसर्थ, पानी जस्तै मनपनि स्वच्छ, निर्मल र सत्यताको शितलताले मामिmनु पर्छ। विश्वास एवं आत्मभत्तिको डोरीले बाँधेर मनको भाँडो अगाध गहिरो आत्माको कुवामा छोडदै गएमा अवश्य भाँडोमा पानी भरिने छ र त्यो पबित्र आत्मारुपी जल स्वत प्राप्त हुने छ।

यो चैतन्य जलले सिंगो ब्रमाण्डसँग शाक्षात गराउने छ। जब त्यही जलरुपी आत्माले जल ग्रहण गर्छ तव प्रमात्माको सिन्धुमा समाहित हुन्छ। आत्माहरू बिन्दु बिन्दु हुन, प्रमात्मा एउटै सिन्धु हो। बिन्दु बिनाको सिन्धु अधुरो रहन्छ। यस्को तातपर्यको निम्ति आत्माबिचार गर्न अनिवार्य छ। शरीरमा आत्मा कहाँ छ? सायद प्रश्नको जवाफ पनि छ जसरी तीलमा तेल, दाउरामा आगो त्यसैगरी शरीरमा आत्मा शुक्ष्मभावले प्रभुत्ववान रहन्छ। प्राणीको मन जुन बिचारले कार्यरत छ। शरीरको हर इन्द्रीय त्यही अनुरुप चल्छ। एउटा कमाण्डरले सैनिकहरूलाई उसैको आदेशमा परिचालन गर्छ। त्यो मनले संचालन गर्छ र त्यही कार्य धारण गर्छ। कमाण्डरभन्दा पनि माथि कुनै छ भने त्यो आत्मा नै हो। आत्माभन्दा पनि माथि कोही छ, त्यो हो प्रमात्मा, त्यो प्रमात्माभन्दा माथि चैतन्य स्वरुपमा प्रमेस्वर छन।

हाम्रो जीवनको कुनै मोल छैन, किनकि हामीले आफनो मूल्यलाई चिनेका छैनौं। मालको न मूल्य हुन्छ। अर्थाथ हामी मूल्यहीन माल हौ। किन्नेले किन्नलाई घटाउन खोज्छ। बेचिनले आफनो मूल्य नै निर्धारण गर्न जान्दैन। आफनो जीवनको मूल्य चिन्नेलाई भगवानले सित्तैमा बिचार शक्ति दिएको छ। यही बिचार शक्ति आफैमा आत्माशक्तिको मानले चिनिन्छ। बिचार शक्तिको बोध भएको खण्डमा यति परम आनन्द प्राप्त छ। जति कुनै पनि भौतिक साधनबाट प्राप्त हुन सक्दैन, जसरी आगो सुकेको दाउरा बालेपछि प्रकट हुन्छ। त्यसैगरी आत्मा शरिरमा आनन्दको प्रकाश प्रकट गर्दछ। आनन्दको भन्डार स्वयंममा संरक्षित छ। तैपनि हामी भौतिक अनेक साधनको खोजी गर्छौ। जसरी बालक चन्द्रमा देखेपछि त्यस्मा भुल्छ। त्यसैगरी सीमित स्रोत र साधन अनि शक्तिमा हामी अल्मिmन्छौं। हामीमा जे छैन त्यो ब्रमाण्डमा छैन। जे छ त्यो ब्रमाण्डमा त्यो हामीमा छैन। शुक्ष्म प्रमाणुबाट झन कति शक्ति प्रकट हुन्छ। देवताहरूको पालामा अश्रहरू जति थिए त्यस्को केही गुणामात्र अहिलेको अश्र हुन। बाहिर संसार भुल्न हामी जसरी निदाउछौ। त्यसैगरी जाग्रित अवस्थामै सपनाअवस्थामा पुगेपछि यी सम्मपूर्ण शक्तिको पहिचान हुन्छ। यो प्रमाण श्रीकृष्ण, राम, अनेक शिद्धयोगीहरूले अबगत गराएकै छन। त्योभन्दा विशेष तत्वधान हाम्रो पुज्य वेदहरू, उपनिषद, पूराण लगायत अन्य धर्म ग्रन्थहरूले परिभाषित पारिरहेका छन। हामी सयमंमा भगवान बुद्ध, कृष्ण क्राइष्ट, गुरु नानक, गुरु गोरखनाथ, सीता जस्ता यतिहाँसिक हस्तीहरूसँग ज्ञानमार्फत साक्षातकार गर्न सक्छौ। मोह र अहम अनि अहंकारको गर्भाशय भित्र अज्ञानताको जालीले ढाकिएर शुरक्षित रहेका हुनाले हामी वास्तविकताभन्दा धेरै पर र्छाै। हामीले भौतिक भोक र प्यास मात्र लाग्छ। बिचार नै सृष्ट्रिको सृष्ट्रा हो। यसैले हाम्रो शरिर निर्माण गर्छ। दुख सुख चिसो तातो, राम्रो, नराम्रो लाभ हानी ज्ञान विज्ञान मात्र तयार गर्दैन। यस्ले शरिर र जगतका प्रत्यक चीज तयार गर्छ। आत्मा ब्रमाणु शक्तिपुन्ज हो। बिचार त्यस्को प्रभाह। आत्मा सान्ती बिचारको तरंगबाट, प्रभाह हुन्छ। यस्को गतिको तुलना आधुनिक विज्ञानले पनि गर्न सकेको छैन। बिध्युत शक्ति एक सेकेन्डमा पृथ्वीको सात फन्को मार्न सक्छ। बिचार शक्ति त्योभन्दा दोब्बर शक्तिशाली छ। मानिस एैश्वर्यको भत्ति भैसकेको छ। तैपनि यो सबै सम्पति त्याग्छ कुन बेला? जन्मे देखी मरणसम्म यो संसारिक सम्पतीबाट अलग छ। त्यतिखेर आत्मामा अथार्थ शुक्ष्मशरिर धारण गर्छ अनि सपनामा अनेक आश्चर्य र अलौकिक रुपमा बिचरण गर्छ। त्यो अवस्थामा पनि प्राण जिउदै छ। म छु भन्ने भाव छ। अर्थाथ आत्मा मै हुँ भन्ने स्वतन्त्र अवस्था छ। आत्मा जहिले पनि स्वतन्त्र नै हुन्छ। बन्धनमा त यो शरीर परेको छ। यो शरीर प्रकृतिबाट पण्चतत्वको सहयोग लिएर बनेको छ। अरुबाट बनेकोले यो मुक्त छैन। आत्मा स्वयं प्रकट हुन्छ। यो आफैमा मोक्ष छ। महाँयोगीहरू यो शरीर र यो आत्माको भेद जानेर, शरीरबाट अलग हुँ भनी आत्माबोध भएपछि बुद्धत्व प्राप्त गर्छन। भगवान गौतम बुद्ध यो अवस्थाभन्दा पनि माथि थिए। यो शरीरको घर नासबान छ तर आत्मा अनन्त प्रकाशमान छ। शरीर अन्धकार छ, आत्मा दिब्य उज्यालो छ। अन्धकार नभै उज्यालो हुन्न। अन्धकार उज्यालोको गर्भाशय हो। उज्यालोको बोधाभाष अन्धकारमै हुन्छ। अन्धकार उज्यालोको कवच हो। जहाँ अन्धकार छ त्यही प्रकाश छ। अन्धकार र उज्यालोको सहवासमा प्रकट हुने शास्वत चैतन्य फेरि यी दुवैबाट अलग छ। त्यही चैनन्यलाई हामी प्रमेस्वर भन्छौं। आगो आगोसँगै मिल्छ। पानी पानीसँगै मिल्छ। हावा हावासँगै मिल्छ। त्यसैगरी आत्मा आत्मासँगै मिल्छ। जसरी सागरमा पुगेपछि सबै नदीको नाम हराउछ त्यसैगरी आत्मामा मिलेपछि शरीरको परिचय बिलाउछ।

प्रमात्माको सामु सबै आत्माहरू लिन हुन्छन। जसरी हिन्दमहासागरमा पुगेपछि गण्डकी, कोसी कर्णालीको पानी थाहा हुन्न त्यसैगरी प्रमात्मामा मिलेपछि को कस्को आत्मा सबै एकाकार हुन्छन। शरीरको अर्थ टुगो लागेपछि आत्मा प्रमात्माको सागरमा बिलय हुन्छ। आत्मा प्रमात्मामा मिले पनि स्वतन्त्र नै छ। आत्मा प्रमात्माको बन्धनमा छैन। यो जहाँ जहिले जसरी जस्तो पनि अवस्थामा प्रकट हुन्छ र फेरि त्यहीमा गएर आउछ। मानिसले शरीरको अहंकारमा आत्माको स्वभीमान गुमाएका छन। मानिसले शरीरको अज्ञानतामा आत्माको महिमा भुलेका छन। कतिपल्ट आत्मा जन्म्यो थाहा छैन किनभने बाटो नै भुलीसक्यौ। मानीसले जब अहकार र महमताको भेद थाहा पाउछन तव ती जन्मेर जन्मिरहन्छन। मर्दैनन। हामी जन्मने र मर्ने गरिरहेका छौ। किनभने हामीमा अनगिन्ती लालच छ मन्मा। अनगिन्ती आर्कषण छ धनमा। म जन्मिरहन सक्छु तर बुद्ध कहिल्यै जन्मनु पर्दैन। म बन्धनमा छु उनी स्वतन्त्र। यही फरक छ हामीमा। भगवती सीता जन्मिरहन पद्र्रैन तर म जन्मिरहन सक्छु। इस्वर कुनै व्यक्ति होइन यो त शास्वत चैतन्य तत्व हो। यस्को आराधना स्वयं भगबान संकर गर्छन। बुद्ध गर्छन। जिसस क्राइष्ट गर्छन। महमद गर्छन। विज्ञान धेरै पछि सफल हुने छ कि आत्मा कस्तो अवस्थामा रहन्छ भन्ने। क्राइष्ट भन्छन मलाई मेरो पिताले उद्धारका लागि पठाउनु भएको हो। यस्को मतलव उनीभन्दा माथि कोही छ। क्रुसमा आफूलाई झुण्डाउने बेला भने हे पिता, यिनीहरू अज्ञानी हुन। तर्सथ यीनिहरूलाई क्षेमा गर। यिनीहरूले के गरिरहेका छन त्यो यिनीहरूलाई नै थाहा छैन भन्दै क्षेमा माग्छन। यही दैवियभावले प्रमेस्वर बनायो। आफूलाई मार्नेका लागि क्षेमा मागीदिने महान आत्मा नै क्राइष्ट बने।

आत्माको निम्ति शरीर एक सुन्दर मन्दिर हो भन्दै आत्माको बयान दिएका छन। उनैले भन्छन। म र मेरो पिता एउटै हुन। आत्मा र प्रमात्मामा लिन भएपछि प्रमात्मा पनि आत्मा र आत्मा पनि प्रमात्मा हुने सौभाग्य पाउछ। आत्मा स्वयं चैतन्य प्रमात्माको एक अंश हो। म मेरो पिता एकै हौ किनकि म नै मेरो पिताबाट आएँ। बुवामा जे जस्तो तत्व छ त्यो ममा पनि त्यही नै छ। ब्रमाण्ड एउटै चैतन्य र शास्वत तत्वरुपी पिता र पृकृतिरुपी माताको सहवासबाट परिचालित छ। हाम्रो महान बैद्धिक ज्ञानले यही कुरो प्रकट गर्छ। भगवान कृष्णले भगवत गीतामा प्रकृति र पुरुष एउटै भनी सम्पूर्ण भ्रमबाट छुटकारा दिलाएका छन। सूर्यका वरिपरि ग्रहरू घुमिरहन्छन र त्यही बेला आफनो सबैकर्तव्य पनि पुरा गर्छन। उपग्रहले ग्रहको परिक्रमा गर्छन। आत्माको परिक्रमण प्रकृतिले गर्छ। पृथीबी सूर्यका वरीवरी फन्को मार्छ र आफै पनि घुमिरहन्छ। त्यसैगरी प्रकृति पुरुष सहवासमा रहीकन पनि आफनो सृष्ट्रिको गतिमा अबिरल संचालन हुन्छ। चन्दमा उपग्रह हो यो माया हो। आत्मा शरीर माया। यी सूर्य पृथ्वी र चन्द्रमा। सूर्यको अधिनमा पृथीबी, पृथीबीको अधिनमा चन्द्रमा। त्यसैगरी आत्माको अधिनमा शरीर, शरीरको अधिनमा माया छ। माया बाहिरी आवरण हो अथार्थ शक्ति। यो त सृष्टि र सृष्टाको बीचमा सेतु बाँधेर दुवैबाट काम लिने जादुगर तत्व हो। रुख प्राणी कसरी बढिरहेको छ त्यो हामीलाई थाहा छैन। मायाले तत्व तत्व बीचमा आपसी मिलन गराउछ। यो देखिदैन पनि गरिरहेको हुन्छ। पुरुषले गुमाउदा प्रकृतिले पाउछिन। प्रकृतिले गुमाउदा पुरुषले पाउछ। आत्मा प्रकृतिमा प्रकट हुन्छ। प्रकृति आत्मामा। यर्थाथ तरबारका दुवै भागको एउटै धार जस्तै छ। यही धार माया हो। प्राप्ति र प्रकटको संयोजन मायाले गर्दछ। यो आश्चर्यदायक कर्म छ। मायाको भ्रमबाट तत्वज्ञानीमात्र उम्कन सक्छन। म यही मायामा रुपल्लिएको छु। हामी आज आफैसँग टाढा भएका छौ। कस्तुरी मृगले आफनै बिनाको बास्ना बाहिर बाहिर सुंग्छ त्यसैगरी भित्र भुलेर बाहिरकै महत्व दिएका छौ। हामीसँग के छैन तैपनि भिषारीसरह बाहिर मागिरहेका छौ। अति रिसाएको आमाको दुध पिउने बालक बिरामी हुन्छ या मर्न सक्छ किनभने रिसले शरीरलाई बिषालु बनाएको हुन्छ। शरीर बिषालु छ भने मन पनि बिषालु नै बन्छ। मनले जे धारण गर्छ शरीरले त्यही धारण गर्छ। तर्सथ संधै सबै कुरा भुलेर आफैमा रमाउन अनुरोध गर्दै छु। भमराहरू अनेक फुलहरू प्रयोग गर्दै छोडदै जान्छ। तर हामी एकै बस्तुमा आफनो प्रभुत्व जमाउछौ किनकि हामी अत्याधिक लोभी छौ। जुन घरमा बस्छौ त्यो हामी छउन्जेलकालागि मात्र हो। यी सबै बस्तु केवल बिपनामा एकछिन भुलाउनलाई मात्र हुन। हामी सपनामा पनि त्यही बस्तु देख्छौ तर त्यो चाहेर पाउदैन। अस्तित्व मात्रै छ। हाम्रो आधा जीवन त सपनामै बितेर जान्छ। तर आधा बिपनाका लागि मात्र तेरो मेरोको बन्धनमा बाँधिन्छौ। स्वार्थको पराकाष्टा नै यहीनिर टुगिन्छ। आत्मा साक्षेतकारको अभाव नै अज्ञानता हो। चाहाने र पुरयाउने यही नै आत्मा हो। प्रश्न र जवाफ पनि यही आत्मा हो। हिन्दै पाइलो मेटाउदै जस्तो छ यो जीवन। आखिर त्योभन्दा पर वास्तवमा केही छैन। मैले बयान गरेको आत्मा र शरीरको महत्वले आजको मान्छे पापी र लोभको बन्धनमा छ। यो सबै लोभबाट मुक्त भएर किन नेताहरूले राज्य चलाउदैनन? किन शत्रु बनाउछन। किन मित्र बनाउदैनन मान्छेलाइ। मलाई मान्छे मान्छे बीचको महान घनिष्टता चाहिन्छ प्रजातन्त्रमा। प्रजातन्त्र त्यही आत्मा तत्वबाट केन्द्रित हुनुपर्छ। सबैबस्तु शक्तिबाट अधिनमा पार्न सकिन्छ तर आत्मा पर्दैन। आत्माको निम्ति आत्मा स्वभीमानको जरुरत पर्छ ।

लोभ लालचको पछि लाग्दा मैले इस्वर नै बिर्सेको छु। मैले दैवलाई पनि छोडेर लालचको पछि लागेर अनमोल जीवनलाई गुमाइरहेको छु। ब्रमारुपी महासागरबाट, बुँदरुपी जीवन लिएर म यो सपनील संसारमा आएँ। नाता, माया अनि लोभको बन्धनमा परें जसरी हावा बेलुनमा भित्रै बस्न बाध्य छ त्यसैगरी यो शरीरको बेलुनमा स्वास बसेको छ। आखिर जीवन यही बेलुन रहेछ। कति कमजोर जीवन। कति शुक्ष्म यो जीवन। म त्यही बिहानीमा टल्कने सीतको थोपा भएको छु। मेरो लोभलाई नष्ट कसरी गरुँ म? मेरो अहंकारलाई कसरी जलाउ म? मेरो इष्र्यलाई कसरी मारी दिउ? जसरी बिषालु सर्प मार्न खोज्छन। त्यसैगरी म अरुको नजरमा परेको छु। वीष बिनाको सर्पलाई मार्न खोज्दैनन। बरु खेल्न र खेलाउन खोज्छन। म यही अंहकारद्धार सताइएको छु। अहंकार नै अन्त्यष्टी हो जीवनको। योबाट पन्छिन चाहान्छु। राम्रो बिचारले सबैथोक राम्रो हुन्छ। नराम्रो परिस्थीतिलाई पनि राम्रो बनाउछ। जसरी सर्पले आफनो काँचुली फाल्छ त्यसैगरी मेरा सबै खराब तत्वहरू फाल्न खोजेको छु। । हे लोभ सबैथोक दिन्छु तिमी मबाट जाउ। म खोला बनेर सागर पुग्न चाहान्छु। यताउता लरखराउने खोला कहिल्यै सागरमा पुग्न सक्दैन। चीर निद्रा नै मृत्यु हो। दिनमा एक पटक सुतेकै छु र पनि फेरि संधैकालागि सुत्नुपर्ने।….जो आत्माले देख्छ त्यो नै जीवन हो। जो नखोजेर पाइन्छ, न रोजेर भेटाइन्छ। न देखेरै देखिने, न सुनिएरै सुनिने, जो न खाएरै खाइन्छ। त्योभन्दा सत्य अरु के होला। मृत्युपछि त्यही लामो सपनाले पछयाउछ। जीवन केवल सपना नै त रैछ। सपनाको महासागरमा जीवनलाई पुरयाउनु छ एकदिन। कठै सोच्दा पनि अनौठो लाग्छ। के म त्यो सपनासँगै हराउछु त? हो म हराउछु। म चाहेर फेरि आउन सक्दैन। म एकदिन बिहानीकोसित हराए झै हराउछु। हो म एकदिन त्यो मृत्युको क्षितिज भित्र संधाकालागि हराउछु। मेरा स्मृतिहरू बिस्तारै बिस्तारै हराउछन। बास्तवमा सबै थोक हराएर पाउने के त? …पाउने केवल कर्म नै हो। कर्मले नै मान्छेलाई अमर बनाउछ। मरेर नमरेकाहरूको बिचमा पुग्नपाए हुने थियो। थाहा छैन के हुन्छ कहाँ पुगिन्छ। सबैभन्दा पिंडा नै शरीरबाट प्राण पखेरु छोडदा हुन्छ। हुनपनि यति माया गरेर बसेको प्राण झटट छोडेर जान पनि गारयो। फेरि कता जान्छ। के हुन्छ। यी सबै कल्पनाका भुवा हुन जो स्वतन्त्रसँग उडिरहन्छ। मरण सरल त ती भाग्यमानीहरूलाई हुन्छ जो पापकर्मबाट मुक्त हुन्छन। मन शरीर र आत्माको बीचमा बसेर दुख भोग्छ। शरिरमा मनले नै अनुभूति गर्छ। मन दुखे शरीर दुख्ने हो नत्र दुख्दैन। मैले एउटी केटीलाई मन पराएँ। मनले ऊ बिना बाँच्न नसक्ने भो। एकदिन एकान्तमा भेटे। उनी केही पर थिइन तर मेरो मनले उनलाई स्पर्श गरयो। सबै प्राप्त गरयो र तृप्त भयो। मैले भोलि पल्ट सोधे के तिमीले स्पर्श गरेको थाहा पायौ त?। उन्को जवाफ थियो। मैले थाहा नै पाएन। मैले सोचे आखिर त्यो केटीबाट प्राप्त हुने रस आखिर यही मनमा नै रैछ। मनले प्राप्त गरे अरु केले प्राप्त गर्न बाँकिरहयो र। मनले स्पर्श गरेको त्यही मनको केटी नै हो त्यो होइन। पानीमा देखिएको सूर्यको छाया त्यो सूर्य होइन। पानीमा देखिएको सूर्यको छायालाई हलाउदा सूर्य हल्लिदैन। छायाको सूर्य त सूर्य होइन। अर्थाथ मनको तलाउमा देखिएको उन्को छाया उनी होइनन। तर मनले त्यो छायाबाट पनि केही सार लिएर आफनो तृप्ती मेटाउछ। मनले ढुंगालाई पनि देवता बनाइदिन्छ। एकातिरबाट हेर्दा हामी कति भाग्यमानी छौ त्यति शक्तिशाली मन हामीसँगै छ। मन नरमा छ जाने नारायण बनाइदिन्छ। मन यही ब्रमाण्डमा ब्याप्त छ। आत्मा मनकै छायामा रमाएर बस्छ। हामी भन्छौ हाम्रो प्राण यही ब्रमाण्डमा रहिरहन्छ। कुनैदिन सपनामा नदेखेको मान्छे देख्छौ। कुनै नपुगेको ठाउमा पुगिरहन्छौ किनभने त्यो मनले नै यात्रा तय गरेको हुन्छ। मान्छे यति महान हुदाहुदै पनि ओरालो झेरेको छ। जागे पाइन्छ। सुते गुमाइन्छ। यही भएर म कहिले कहीं राती पनि नसुतेर केही गरिरहेको हुन्छु। म केही लेख्दै गर्दा, चोरहरू, तस्करीहरू, नेताहरू नगरबधुहरू, बदमासहरू कहिल्यै सुत्दैनन। म सबै हुँ, सबै म हुँ, भन्दै नेताहरू रातीराती राजनीति गर्छन र दिनभरि कुटनीति। अनि पुलिसहरू पनि राती सुत्दैनन। चोर देख्दा साधु ठानेर ढोक्छन। डाँका देख्दा दानी देखेर ढोक्छन। तस्करी देख्दा प्रिय ठानेर अंगालो हाल्छन। यहाँ शुरक्षाकै सुरक्षा नहुदा प्रहरी झन अशुरक्षित छन। यही लोभले गर्दा नेताहरू नराम्रोसँग रानीनीतिमा लागेका छन। आफनैको एक बित्ता जगिनको साँध बढाउन पाए, उस्की राम्रो छोरी पटयाउन पाए। उस्लेभन्दा बढी धन जम्मा गर्न पाए। अरुभन्दा भब्य घर बनाउन पाए। ओ हो कस्तो चाहना। ऊ पाए यो पाए भन्दै आफनो दुनो सोझयाउन मान्छे हतारिएको छ। प्रजातन्त्र आधुनिक नेताहरूको गायत्री मन्त्र हो। यो मन्त्र जप्नासाथ नेता मालामाल हुन्छन।

यहाँ जन्मेर मर्नेहरूको कुनै मूल्य छैन। मूल्य त मरेर बाँच्नेहरूको पो छ। सृजक र सृष्टाहरू अमर छन। धर्तीको कठोर चटानको गर्भबाट मुल फुटेर नदी अनन्त महासागरमा मिल्न निरन्तर बगिरहेको छ। कति पबित्र, निर्मल अनि पोषकी छ। यो जल। कतै जम्दै कतै छछल्कीदै, कतै झर्नाको रुपमा सुसेल्दै अनन्त जलमयी जीवजन्तुलाई प्राणशक्ति प्रदान गदै आफनो अन्तिम सत्य परम लक्ष्य तर्फ लम्किरहेका छ। यात्राको अनन्त मोडहरूमा आइ आइपरेका यावत तगाराहरू, दुर्गन्धहरू, कडामा कडा चटटानहरू तोडदै फोडदै फेरि नर्फकने संगीत ओभाल्दै, कतै बेगबान कतै धिरज हुदै आफनो मुल अवस्थातिर लम्किरहेको छ। महासागर जहाँबाट जीवन अस्तित्व पाएथ्यो त्यो त्यतैतिर लम्किरहेको छ। जलमा जीवनदायीनी प्राण शक्ति निहित छ। आखिर त्यही नदी झै अबिरल बग्दै आत्माको नदीलाई महासागरमा मिलाउनै छ। बादल फेरि लिन आउने छ र फेरि आकासको गर्भबाट जन्मनु पर्ने छ। अनि फेरि नदी भएर उही निरन्तरतालाई पहिल्याउनु छ। जीवन त्यही नदी बनेर बग्दछ। आत्मा शरीरको संरक्षक, बिवेकको प्रकाश, जीवनको अन्तिम गति हो। नदीका फिंजहरू कर्तव्य बनेर उठिरहेका छन। फुटिरहेका छन कर्ममा तरंगहरू, किनारा चुम्न दौडिएकाछन। बिचारका भुमरीहरू परिरहेकाछन। यसैगरी जीवन बगिरहेको छ। बास्तवमा शरीर शारिरिक शक्ति, भावनात्मक शक्तिले जीवनलाई प्रवलता प्रदान गर्दछ। जति आत्मा आत्मैको खोजीमा तडपिन्छ। त्यति नै आफूमा आफू भेटिदै जान्छ। जब जीवनको अर्थ पत्ता लाग्न थाल्छ मृत्युले झम्टी हाल्छ। कसैले बताउन पाउदैनन। असान्ती मन, बिचलित भावना, कुन्ठित बिचार त्यागेबिना आत्मानुभूतिको आभास सम्भव छैन। शरीरले जति गुमाउदै जान्छ, आत्माले उती पाउदै जान्छ। आत्माले शरीरभन्दा पढी पाउने बाताबरण छैन। आत्माले शरीरभन्दा बढी पाउनेहरूनै अमरतामा बाँच्छन। हामी जीवनलाई शरीरमा बदलिदिएका छौ र यसैको सेवारसुसारमा लागेका छौं। यसबाट हामीले आत्मा नै गुमाएका छौ। गुमाएको आत्माबाट भेटाउन सक्दैनौं। आफूलाई शरीरभान परेकोले हामी जन्म लिन्छौ। एउटा इन्जीनको सहारामा बस चले झै आत्माको सहारामा शरीर चलेको छ। स्थुल शरीर जब त्याग्छौ तव यस्को अस्तित्व हराउछ। यो प्राप्त गर्नमा कुनै गौरभ छैन। प्राण नै प्रमेस्वर हो यसैमा सबै निर्बासित छ। संचार अहिले बिकसित भएको होइन, मात्र यस्को स्वभाव फेरिएको हो। उहिले पनि संचार हुन्थ्यो। तपस्वी स्व.खडानन्दले गुजेस्वरीमा बसेर ओखलढुगांमा रहेकी आफनी आमा शक्त बिरामी भएको थाहा पाए। आमाको अवसान हुन लागेको थाहा पाएर तुरुन्त कोसीमा हिंडेर आमाको अन्तिम दर्शण गर्न पुगे। यस्को अर्थ यो कि शक्तिलाई सदुपयोग गर्दा अहिले प्रविधिमा ढाले तर पहिले मनबाट मनमै सम्पर्क राख्थे। बैज्ञानिकहरूको मुलस्रोत बैदिक ग्रन्थनै हो। संसारमा यस्तु कुन बस्तु छ जस्को ज्ञान हुनासाथ सबै बस्तुको ज्ञान हुन्छ? बैदिक वेद नै यस्तो ज्ञान हो जुन सबै बस्तुको ज्ञान प्राप्त गर्न सकिन्छ।

प्राण एक कुराबाट अर्कोकुरामा सर्छ। प्राणको महत्व अझै विज्ञानले फेला पार्न सकेको छैन। प्राणको एउटा तरंगले सबैलाई प्रभावित पार्दछ। सिद्धिप्राप्त नगरेको मान्छेबाट यो ज्ञान सम्भव छ्रैन। यहाँ मैले किन प्राणको महत्व दर्शाउन खोज्दैछु भने जीवन यही प्राणबाट संचालित छ। यो अनमोल छ। यो स्वतन्त्र छ। हरेक व्यक्तिमा आ आफनो प्राणको रक्षा गर्न पाउने अधिकार छ। कसैले कसैको प्राण खोस्न पाउदैन। कसैले प्राणसँग बाजी मार्न पाउदैन। कसैले प्राणसँग खेलवाड गर्न पाउदै्रन। प्राणको रक्षा हुनुपर्छ। प्राणलाई दण्ड दिनु सबैभन्दा ठुलो पाप हो। दण्डका धेरै कारण र साधन छन तर प्राणदण्डलाई कुनै कारण र साधन बनाउनु हुन्न। हरेकको जीवन सृजनात्मक शक्तिको भन्डार हो। गुणअबगुण सबैमा हुन्छ तर प्राण्डदण्ड त्यस्को सजाय होइन। सजाए त प्राणलाई बचाएर अबगुण्लाई रित्याउनु हो। आफैमा प्रकट हुने शक्तिका घोतक हुन मान्छे। हरेक मान्छे आफैमा एक स्वयम्भु हुन। यस्तो परम आत्माको रक्षा गर्न सरकार कवच बन्नु पर्छ। राजनीतिले यी महान प्राणहरूको हुर्मत लुटेको छ। त्यसैले राजनीति हत्यारो भएको छ। राजनीति पापी भएको छ। जस्ले प्राण हरेका छन तिन्लाई सत्तामा जान दिनु हुन्न। देशलाई बादहरूले बरवाद बनाउनेभन्दा कुनै काम गरेनन। हुन त यो नांगो राजनीतिले एउटै घुटकोमा महासागर निल्ने साहास गरेको हो तर एक घुटकोनिल्दा नै थला पर्यो। पाउने हैसियत बिर्सिएर पाइरहेका छन। राजनीति एक बाउन्ने ढोका हो जहाँबाट हरिपहरू मात्र छिर्न सक्छन। भगवान गौतम बुद्धको भनाइ छ। जोसँग जे छ त्यस्ले त्यही मात्र दिन सक्छ। बास्तवमा हाम्रा नेताको मन्मा पाप र कुनियतभन्दा अरु केही छैन । त्यही कारण आज देश तहस नहस भएको छ। देशलाई अन्धकारमा घचेका छन। यो राजनीतिसँग दुख, पीडा र अत्याचारभन्दा केही छैन। यहाँ कैदीकालागि जेल बनाइदैन बरु जेलका लागि कैदी बनाइन्छ। मैले यो राजनीतिमा निर्दोषीलाई दोषी बनाएको देखेको छु।
राजनीतिको कात्रो ओडेर जिउदै चिता कुर्नु पर्ने अवस्था आज हामीलाई भएको छ। प्रजातन्त्र जुन आएको छ यो त कुनै तन्त्र होइन। यो त व्यक्तिगत मन्त्र हो जस्लाई फु गर्न मनलाग्छ उसैको भलाई हुन्छ। प्रजातन्त्रमा त अज्ञानीहरू ज्ञानी हुन्छन। गरिबहरू धनी हुन्छन। सुतेकाहरू बिउझनेछन। बिउझेकाहरू हिंडने छन। हिंडनेहरू दौडने छन। आँखाँ पाउने छन नदेख्नेले। कान पाउनेछन नसुन्नेले। बोली पाउनेछन नबोल्नेले। गति पाउनेछन नहिन्नेले। यहाँ यतिहास देखी नै राजनैतिक कसाइले राज गरेका छन। जस्को हातमा उही कानूनको तरबार छ, बिना दाबको। यो देशको राजनीतिमा मुर्खहरूले नै राज गर्दै आएका छन। तर यो राजनीतिको हुरीले कहिल्यै मनको जस्तो हुन दिएन। राजतितिको त्यो गिद्ध फेरि मेरो जिउदै मासु खान आइरहेको छ। मलाई बुद्धको बोधीबृक्ष हुनु छ। राजनीति हैजा नै हो जहाबाट महामारी मात्र निस्किन्छ। बास्तवमा तिम्रा यी दुइहात नै परमेस्वर हुन, यिन्लाई सुकर्ममा लगाउनु नै भगवानको उत्कृष्ट पूजा हो। त्योभन्दा पर भगबान खोज्नेले आफूलाई बिर्सन सक्नुपर्छ। अनि मात्र त्यो अदृय इस्वर दृश्य भएर देखा पर्छ। हमी जति भगवान बुद्धलाई भुल्दै छौ उति हामी अस्तित्वहिन बन्दै छौ। छायाँ बिनाको रुख नै राजनीति हो। आज देशलाई बुद्धको परम सान्ती चाहिएको छ। तर हामी कसरी प्राप्त गर्ने सान्ती त्यो नै आजको गहन प्रश्न बनेको छ हामी नेपालीहरूका लागि।सच्चा प्रजातन्त्रवादी त्यो जो निस्वार्थभावले देश र जनताको निम्ति आफूलाई आहुति दिन्छ। तर आहुति दिने होइन दुनो सोझयाउने मात्रै यहाँ बढी छन। देशको आत्मा भनेकै सम्विधान हो। आत्मा बिना शरिर कतिन्जेल जिउन सक्छ? आज देश आत्मा बिहीन भएको छ। यस्तो अवस्थामा राष्टले कसरी गति लिन सक्छ। नेता हो अब अति भो तिम्रो ज्यादती। बुद्ध बिनाको बुद्धि र सम्विधान बिनाको राष्ट आजको नेपाल भएको छ।

धन्यवाद
हस्त गौतम मृदुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *