स्तब्ध पारी अनायासै गयौ शोकमा डुवाई
सधैंका लागि बिरानो भयौ यो मन रुवाई
तिम्रो लागि श्रद्धाञ्जली आँशुको मुरी भो
अब त तिम्रो दर्शन पनि सपना सरी भो
जीवन यो क्षणिक रैछ पानीको फोका झैं
बाँचुन्जेल यता उता हावाको झोका झैं
भौतिक शरीर सधैंका लागि धुवाँमा बिलायो
बिधिको बिधान यस्तै रैछ सुन्यमा मिलायो।
हरपल एक आदर्श बनी यो मन छुनेछौ
त्याग निष्ठा कृतिमा पनि अमर हुनेछौ
बिर्सने छैन राष्ट्रले तिम्रो अमूल्य योगदान
श्रद्धाले पूजा गर्दै हामी गाउनेछौं जयगान
हस्त गौतम मृदुल
नेपाली साहित्यका महान लेखक स्व. डायमण्ड शमशेर राणा र नेपाली राजनीतिका महान योद्धा स्व. कृष्ण प्रसाद भट्टराईप्रति भावपूर्ण श्रद्धान्जली
