Skip to content


जिन्दगी बेचियो विदेशमै बाध्य कमाउनु धन थियो
चाहना पुग्दो रहेछ र काँहाँ बस्न त घरमै मन थियो

उनीसँगै चखेवा जोडी झैं रमेरै पो बस्ने मन थियो
माया गर्ने उनीभन्दा पनि याँहा धन नै ठूलो भैदियो

बिवशतामा उनको चोखो माँया छाडेर हिड्नु पर्यो
भागी हिड्दा पैसो पछाडि जवानी कै रंगै झरी गयो

विदेशै शरिर भए पनि मन त हेर गाउँ घर डुल्ने गर्छ
तिम्रो यादले मुटु जलेको बेला अँश्रुधारा बग्ने गर्दछ

रहर कस्लाई हुन्छ होला र अन्जान ठाउँ बस्नलाई
गुँड माउ र बचेरा छाडेर एक्लै मुग्लानमा पस्नलाई

खाली छैन एकै प्रहर पनि नसम्झिएको आफन्तहरू
दशैं तिहार चाड वाड आँउदा खुम्ची बस्छन् रहरहरू

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *