Skip to content


स्वर्गबाट आएकी परी जस्तै सुन्दर थियौ
आलंगारिक पहिरनमा तिमी
आँखा बन्द नगरी हेरिरहें
निस्फिक्री प्रेमी बनेर ।

तिम्रो आवाजमा कालु शब्द गुन्जियो
मेरो कानमा तातो श्वाससँगै
र त्यो निरन्तर गुन्जिरह्यो
मिठो गीत बनेर ।

तिम्रो कोमल हातको स्पर्शले
मेरो निर्वस्त्र शरीरमा
निर्वाद, स्वतन्त्र भएर चलायमान हुँदा
निरन्तर गुन्जिरह्यो
संगीत, ताल, सरगम धुन बनेर ।

तिम्रो पाउको चालमा छम छम पाउजु बज्दा
थक् थक् थक…थैंयाको तालमा
निरन्तर नृत्य गरियो हाथ समाती आपसमा
साँच्चै नृत्यङ्गना बनेर ।

साथ छुट्दै थियो सायद सदाको लागि
नयनबाट तिम्रो अंश्रु थोपा
खस्यो तपक्क मेरो निधारमा
ब्यूँझिएँ म एक्कासि जब

देखिन तिमीलाई वरिपरि
छाडी गएछौ साथ निष्ठुरी बनेर कता
गए राति सपनीमा ।

बाबुराम पन्थी ” गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *