नगर्नु कोही बाबु आमा
त्यो भ्रुण हत्या छोरीको
चुँडाई जीवन छोरीको
नबोक्नु भारी पापको
नसोंच छोरा बलवान
छोरी चैं कमजोर मानेर
पासाड्ले देखाकी छन्
त्यो सगरमाथामा चढेर
छोरी नै थिइन आमा उनी
तिमीलाई जन्म दिने पनी
नहुँदी हुन ती आमा छोरी
हुन्थ्यौ र काँहा तिमी पनी
छोरीले जन्म नलिए याँहा
चल्दैन होला शृष्टी पनी
विन्ती छ नगर्नु भ्रुण हत्या
छोरीको गर्भ भन्ने जानी
बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी
