Skip to content

तिम्रो हाम्रो जिम्मा हो


परिवर्तनसँगै जलवायु गर्मी झन् झन् बढ्दै गयो
नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो

छाती छिया छिया मातृभूमिको बाढी पैरोमा परी
भासिदै पैतालाहरू मातृभूमिको बैरी एम्बुस परी

कूपुत्र सन्तान मातृभूमिका अंश माग्दै छन् आज
रूदै छिन् नेपाल आमा अस्तित्व जोगाउन आज

सबै सन्तान मिल भनी विलाप्छिन् नेपाल आमा
कसले सुन्छ र खै रोदन ठेटी ठोकिएका कानमा

कोही नदीनाला, उर्बर भूमि जेजे मिल्छ त्यही बेचे
कोही धर्मसंस्कृति नेपाल आमाको पहिचान बेचे

आफू मालिक जनता कमारो ठान्ने यी नेताहरू
आमाको छाती कुल्ची परचक्रीको पाउ ढोग्नेहरू

जाग हे जनता अब सचेतना सबैमा फैलाउनु छ
मातृभूमिका दुष्ट सन्तानलाई फाँसी चढाउनु छ

नसोंचे अहिले कहिले सोंच्ने ए ! नेपाली जन हो
बिग्रिंदो देशलाई सुधार्ने तिम्रो हाम्रो जिम्मा हो

बाबुराम पन्थी “गुल्मेली” तम्घास, गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *