Skip to content

देश विकाश गरी देखाइदेऊ


छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देउ।।
गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको ।
नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।।

कुटिल तिम्रो चालले झुक्दै छ शान देशको ।
पछाडि जाल नबुन अँगाडी भन जे छ त्यो ।।
लगाउनु पर्ने विकासमा पसिना त्यो जनताको ।
आपसमा बाँडी सिध्यायौ धुकुटी यो राष्ट्रको ।।

दुई छाक टरे भै गयो भो भ्रष्टाचार नगर ।
अकुत धन कमाई जानु छ काँहा लिएर ।।
नलडौ भो जात जातीमा सबै बराबर नै हो ।
तिमी हामी दाजु भाइ नेपाल हाम्रो घर हो ।।

गालीले देश बन्दैन छाडौं भो गाली गर्नलाई ।
एक जुटहुनु पर्दछ देशको विकास गर्नलाई ।।
छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ ।।

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *