Skip to content


हजारौ सपुत वलि चढे संघीयता ल्याउनलाई
पिल्सिएका जनतालाई अधिकार दिनलाई

विखण्डन होइन संघीयता बुझौ विकेन्द्रीकरण
स्वर्णिम यो मातृभूमिमा सुगन्ध थपिने छ झन्

बुझ्नु जरुरी छ हामीले सौन्दर्य संघियताको
हुने छ सहज पहुँच अनि सुगमता भूगोलको

कालीगढ सिड्गो जसरी खण्ड खण्ड बनाउँछ
जोडी खण्ड खण्डबाटै सुन्दर आकार बनाउँछ

इतिहाँस रचे हाम्रा पुर्खाले एकता नेपालीको
बचाई राख्नु छ शान उही कर्तव्य नेपालीको

झुक्नु हुन्न बिदेशीसँग राष्ट्र कमजोर बन्दछ
मिल्दा हामी जनता राष्ट्रियता बलियो बन्दछ

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *