मान्छे मान्छेको भीडमा पनि एक्लो
भएछ मान्छे आजकल यो शहरमा
आफ्नै आफन्त भेट्दा पनि चिन्दैनन्
पैसो पछि लाग्ने मान्छेहरू यो शहरमा
सँगै बसेका साथीहरू आपसमा
बोल्दा पनि रहेनछन् यो शहरमा
फेसबुक ट्विटरका वालहरूमा
साथी खोज्दा रहेछन् यो शहरमा
मातम वल्लो पार्टी पल्लो घरमा
चल्दो रहेछ आजकल यो शहरमा
मान्छे मान्छेको जंगलमा एक्लो
भएछ मान्छे आजकल यो शहरमा
बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी
