Skip to content

तछाड मछाड का किल्ला हरुका पहरेदार हरु



तछाड मछाड का किल्ला हरुका पहरेदार हरु
बाध्यतामा अरुसङको नाच्दै बिल्ला भिरेका हवलदार हरु

बिवसता का भोगाइमा बाचेका अनि तन साचेका का को
दुर्भाग्यमा रम्ने र रमिता खेल्ने तिमी आफनदार हरु

कड्वाहटको घुट मा कति श्वास रोकिन्छ
त्यस्को मुल्यान्कन न गर्ने तिमी।चोकिदार हरु

देश गाउँ बनाउछु भन्दै कुर्लिदै उफ्रीदै हिड्ने
तिमी देशका हैकमबाद ठुला बडा ठेकेदार हरु

देश रहेपो हामी छौ अनि तिम्रा ती अतिवाद अनि सोच
न रहे तिमी पनि हुनेछौ नी अरुको गुलामे वा चाकरीदार हरु

राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *