गजल मेरो भाव हैन मन को पोखाई हो यो
त्यसैमा हराउदै लेखने मेरो लेखाइ हो यो
सत्यतालाई बुझ्दै दर्साउने प्रयासमा
दुई शब्द सबैसामु कोर्ने मेरो बुझाइ हो यो
आत्मासँग आत्मा यहा सबैको जोड्दै
मनको भाव त्यहाँ पोखने रोजाइ हो यो
सुन्दर मनका भित्ता हरुका चित्रलाई
यहा राखु राखु लागने प्रयासको सोचाइ हो यो
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई
