
हिजोको त्यो तछाड मछाड को किल्ला बाट बाहिर आउदै
उकुश मुकुशको वातावराणलाई नियालदै
राजनितिको रङमन्चमा देखियको अन्यौल्ता देखाउदै
भोलि हुन सक्ने बैशाखेे चुनावको धमिलियाउदो केलाउदै
देशको निकाश र वातावरण को समर्गमा ईतिहास डोराउदै
तिमी हामिले भोगेका कुरा येहा बताउदै
तिनिलाई देखाउदै अनि सुझाउदै
ईतिहासको पान्नामा तिम्रा हाम्रा कार्य कतै थुक्न न परोस
आउदा पिडिले हामिलाई सम्झिदै कतै भुक्न न परोस ।।
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई
