
हेर्दा हेर्दै चालिस काटिएछ
साइली को माया धेरै गुमाईएछ
१४-१५ वर्षको खाडीको बसाइमा
ज्यान र परिबार मात्रै पालिएछ
स्वदेशमै बस्ने साथीहरुको प्रगति देख्दा
व्यर्थैमा प्रवाशको बाटो चुनिएछ
उडी हिड्ने सपनाको चाहमा बग्दा
अमुल्य समय दुबईको खडेरिमा फ़ालिएछ
विवसता र बाध्यतामा पर्दा
फोकट मा युएईको गन्तब्य थालिएछ
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई
