
भावनामा कसैको डुबियो आज
मनमा झलझली सम्झियो आज
अफासरा झैँ सुन्दर तिम्रो त्यो मुहार
सपनीमा भएपनि दर्शन गरियो आज
नानाथरी बिचार हरुको उपहार पाए
तिनै कोशेलीहरूलाई मुटुमा भरियो आज
के नाम देउ तिमीलाई के उपमा
येसैको खोजीमा दिन काटियो आज
अब फेरी कहिले कुन रातमा आउछौ तिमि
त्यसैको सोचाइमा हराइयो आज
राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल, दुबई- युएई
