Skip to content


उदाशिनतासँग सम्झौता हुँदै रमाउन मन लाग्यो
भाग्यसँग सम्बन्ध तोड्दै फुरफुराउन मन लाग्यो

डाडा, काडा, वन, पाखा भन्ज्याङ् पार गर्दै
कहिलेकाहीं दिलको कुरा बरबराउन मन लाग्यो

शीतलताको खोजीमा चौतारी र छहारी हेर्दै
अनेकौ मनको तुना त्यहाँ फरफराउन मन लाग्यो

अनेकौ पीडामय तुफान र बबण्डरलाई सेक्दै
कुनै सहयात्रीलाई रोज्दै ऊसँग कराउन मन लाग्यो

आज धेरै दिनको थकानपश्चात मौनता रोक्दै
कसैको पर्खाइमा समुद्रकिनारमा हराउन मन लाग्यो

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा. ४, नवलपरासी
हाल, दुबई – युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *