देशको माटो रहे पो हामी छौ
सगरमाथाको शिर रहे पो तिमी छौ
नेपाल आमा रहे पो तिमी हामी छौ
पुर्खाको वीरतामा गर्व गर्दै
छाती फुलाउदै
स्वतन्त्र देशको नारा घन्काउदै
फुर्किफुर्की झुम्दै घुम्दै
तिनकै पौराखमा रमाउछौ
सानले हिड्छौ
स्वाभिमानी नेपालीको
गीत तिमी गाउछौ
देशभक्ति र अखण्ड्को नारा
तिमी लाउछौ
हे वीर गोर्खालीका वीर सपुतहरू
सक्छौ भने देश बिख्ण्डनबाट बचाउ
सच्चा सपुत हौ भने गरेर देखाऊ
टुक्रिन लागेको
बिखण्डन हुँदै गरेको
भागबण्डा गर्न अघि बडेको
सिंगो माला चुडिएको
तिमी कसरी हेर्न सक्छौ
तिमी कसरी टोलाई हेर्छौ
पुर्खाको गौरबमा गौरब गर्ने
तिमी पुर्खेली तिनका
समयको मागलाई बुझ्दै
अखण्ड नेपाल सोच्दै
अनेकतामा एकता हेर्दै
भविष्यका आउने पुर्खा देख्दै
तिनीलाई दिने सम्बृद्ध राष्ट्र साच्दै
उठ हे उठ तन्काउदै तिम्रा ती नसा
कम्मर तिम्रा ती कसा
जगाउ तिम्रा भावना
पुरा गर तिम्रा सपना
सोचमा प्रण लेऊ
लहुमा उबाल देऊ
उबालसँगै गर्मी देखाऊ
अखण्डको नारा घन्काऊ
सरकारी तन्त्रलाई हेराऊ
जनताका माग तिनीलाई बुझाऊ
बाध्य बनाई तिनीलाई झुकाऊ
तब पो तिमी वीर नेपालीका सन्तति
तब पो तिमी तिनै शुराबीरका नाति, पनाति
राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल दुबई, युएई
