Skip to content

सुजन बुढाथोकी

मजदुरलाई दशैं तिहार

यो मुला मजदुरलाई
कुन हो दसै कुन हो चाड तिहार?
यो देशको बहादुरलाई
कुन हो दसै कुन हो चाड तिहार ?
आज एका बिहानै बनको बाघ आएर
मेरो आगनमा भन्यो
“जाबो त्यो कुकुरलाई
कुन हो दसै कुन हो चाड तिहार?
त्यो मुला मजदुरलाई”

यो बडादशैं (मुक्तक)

यो बडादशैं सर्वहारा
सबैलाई बराबर होस
त्यो भूकम्प पीडितहरुको पनि
यहाँ घर होस
म पाचतल्ला मुन्तिर तिम्रो सफा
सहरमा देउसी भैलो भट्याइरहे
म जस्तै गरेर तिम्लाई पनि
मेरो गन्धे गाउँ आउने रहर होस !!