मैले एकदिन त्यो विशाल आकाशलाई सोधे कि
“आकाश तिमीलाई आफ्ना सन्तानहरू मध्ये कस्को
बढी माया लाग्छ?”
उसले भन्यो सबैको बराबर
म: हैन आज एकजना रोज्नैपर्छ, तारा, सूर्य, र जुन वा चन्द्रमा
मध्ये कस्को बढी माया लाग्छ?
ऊ: उसो भा अलिकति बढी त चन्द्रमाकै लाग्छ
म: आखिर किन?
ऊ: ऊ अलि दुखी र गरिब छ
म: कसरी?
ऊ: उस्को आफ्नो प्रकाश छैन, मानौ कि निजि घर छैन।
म:अनि तारा ?
ऊ: केही नभए पनि ताराको त नौ लाख जनाको सहारा छ नि।
म: अनि घाम? ऊ पनि त दिनभरि काम गर्छ नि?
ऊ: ऊ बलवान् छ र त गर्छ नि, ऊ धनवान् छ र त दिन्छ नि?
म:त्यो त हो……………आकाश
अकैछिनमा अचानक क्षितिजमा
बादल कालोमैलो, अँध्यारो भएर आयो
अनि धर्तीमा सितल वर्षात भयो
विशाल आकाश अनायसै एक्लैएक्लै एक्लै रोइरह्यो…
मैले बारम्बार आमाको अनुहारमा हेरे आँखाभरि आँसुहरू थिए.
कि जुन बेला घरमा कोही पनि परिवार थिएनन
मलाई लाग्यो कि,
सायद,
आमालाई छोराछोरीको छेवैमा रुन एकदम डर लाग्छ
जस्तो कि त्यो आकाशलाई जुनतारा, सूर्य भएको बेला,
रङ्गिन हुन हर्दम रहर लाग्छ !
