Skip to content

त्यो नरपशु ! जनावारलाई

त्यो नरपशु ! जनावारलाई मारेर खान कुकुरलाई देऊ
बलात्कृत बुने भन्छे अनि दण्ड जेछ त्यो मलाई देऊ

त्यो नरपशु ! जनावारलाई मारेर खान कुकुरलाई देऊ
बलात्कृत बुने भन्छे अनि दण्ड जेछ त्यो मलाई देऊ

उसलाई पनि उसैगरी लुसेर गएथियो त्यो खाते यार (२)
कारागारमा कुहाएर त्यो त्यसैगरी लुस्न गिद्दलाई देऊ
बलात्कृत बुने भन्छे अनि दण्ड जेछ त्यो मलाई देऊ

नेपोलियन बोनापार्ट तिमी युद्ध जित्न चाहन्छौ भने (२)
पैला तिम्रा ती हातहरुमा दुश्मनहरुको रगत लाईदेऊ
त्यो नरपशु ! जनावरलाई मारेर खान कुकुरलाई देऊ

अब तिमी मलाई यस्तो सर्वस्वीकार्य सलाइदेऊ भगवान
कित तीमि आफै ती भ्रष्टचारीहरुको भवन जलाई देऊ
बलात्कृत बुने भन्छे अनि दण्ड जेछ त्यो मलाई देऊ

हिजो क्रान्तिकारी हात काट्नेले भोलि भूगोल काट्नेछ
हात काटिनेहरू अँझै भन्छन बुडि दौरासुरुवाल लाइदेऊ
त्यो ! नरपसु जनावरलाई मारेर खान कुकुरलाई देऊ

अमिरले एउटा डुङ्गालाई दूध पैसा चामल चढा’र आउछ
भुत्राको घर्म बरु दिन्छौनै भने बाहिरको गरिबलाई देऊ
बलात्कृत बुने भन्छे अनि दण्ड जेछ त्यो मलाई देऊ

बाबू नै हुतियारा भएपछि सिङ्गो घरवार नै बिगृन्छ हेर !
अब देश चलाउन कि साधुलाई देऊ कि बहादुर लाइदेऊ

बलात्कृत बुने भन्छे अनि दण्ड जेछ त्यो मलाइदेऊ
त्यो ! नरपशु ! जनावरलाई मारेर खान कुकुरलाई देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *