ऊ संसार बदल्छु भन्थ्यो
अफ्सोच ऊ आज पागल भैदियो
सारा-सपना उढेर गए अनि
आकाशमा कालो बादल भैदियो
कैले पनि लागेन त्यो झरीले
आमाका दुखहरु,
पलपल बरु आँसु र पसिनाले
भिजेरै शरीर खलखल भैदियो
सारा-सपना उढेर गए अनि
आकाशमा कालो बादल भैदियो
दोउडिएरै दिनभर च्यातिरहने
च्यातिएरै पत्थरहरुमा दोउडिरहने
ती गरिबका जिन्दगीहरू पनि
फुटपाटको ब्लटर फुटबल भैदियो
ऊ संसार बदल्छु भन्थ्यो
अफ्सोच स्वयम्आज पागल भैदियो
यो सारा संसारै जित्छु भनेर
हिडेको त्यो विशाल विश्वयोध्दा
जाबो एउटा तरुनीकै मायाजालमा
यसरी ऊ आज घायल भैदियो
सारा सपना उडेर गए अनि
आकाशमा कालो बादल भैदियो
क्रान्ति खोज्दै बन्दुक बोकेर
निस्किएथे ती आजाद आतङ्गकारिहरू
मेरा बुद्धहरू मारिए,
तर किन ऊ यहाँ सकुशल भैदियो
ऊ संसार बदल्छु भन्थ्यो
अफ्सोच स्वय म आज ऊ पागल भैदियो
हिजो जस्लाई सम्झदा
म शान्त सुटुक्क निदाउथे
उसैलाई सम्झदा आज अञ्जान
यो दिलमा हलचल भैदियो
सारा सपना उडेर गए अनि
आकाशमा कालो बादल भैदियो
किन सकिन दिन
मायाको साटो हिराको हार?
लैजाउन यार तिम्रै लागि त
यीसारा मेरा गजल भैदियो
ऊ संसार सच्याउँछु भन्थ्यो
अफसोच आज ऊ पागल भैदियो
पछार्थे बाघ मार्थे मेरा बाले गर्थे राज
मलाई नै थाह छैन आज तन उङ्को
मन किन यति कमसल भैदियो
सारा सपना उढेर गयो अनि
आकाशमा कालो बादल भैदियो
ए सरकार यो देशमा ती गरिबहरू
फगत यसरी मरिरहे कि गरिबहरू
बजारमा जब कागज र प्लाष्टिक
पनि किसानको चामल भैदियो
ऊ यो संसार बदल्छु भन्थ्यो
स्वय म ऊ आज पागल भैदियो
ऊ दसैमा टाढाका शरदचन्द्र हेर्छ
अनि तिहारमा ती तारामण्डल,
यार यी चाडबाडहरू पनि उस्को लागि
त आज आकाशको फल भैदियो
उस्ले चट्टानलाई पुजिदियो, ईश्वर भनेर
जस्लाई जिन्दगीभर तैले बलिदान दिइरहिस
तेरो अस्तित्व अरे तेरो अस्तित्व त आज
उस्कै खुट्टाको जुत्ताचप्पल भैदियो
ऊ यो संसार बदल्छु भन्थ्यो
स्वय म ऊ आज पागल भैदियो
सारा सपना उडेर गयो अनि
आकाशमा कालो बादल भैदियो
