एक हुलचरा
अनि
एउटा हवाइजहाज आकाशमा उँडेर गयो,
अनि हेर्दा हेर्दै
अचानक,
बादलमा छोपिएर कतै हरायो…..
भवसागरको कुनै क्षितिज
या तारामण्डको कुनै अपेक्षित दिशामा….
अहिले मैले भनिरहँदा…
सायद उनीहरू यस्तैयस्तै
धेरै नै माथिमाथि पुगिसकेका थिए,
मानौ तिनीहरू
बच्चाहरुका एउटा मीठो निद्रा जस्तै हुन
राम्रो सपना जस्लाई देखन गहिरो सुताइ सुत्नुपर्छ
मीठो सपना जस्लाई देख्न निद्राको भित्री सतहसम्म पुगेर
निदाउन सक्नुपर्छ,
उनीहरूसँग मस्त सुत्ने कला थियो
या सुतिरहने मात्र आँखाभरिको अभिलाषा थियो
त्यही भएर त अहिले यति निर्जीव अनि
बेहोस र चेतनाबिहीन छन्
मैले बच्चाहरू सुतिरहेको बेला कैले पनि चलाउन जानिन,
र आजसम्म पनि मेरा मनहरू मानेकै थिए,
तर अहिले उनीहरू धेरै नै ब्यस्त छन,
अनि तिमी
अनि तिमी नि?
सायद
यस्तै यस्तै केही थियौ
त्यही भएर त बतासको गतिमा दोउडीयोउ..?
म तिमीलाई अँझै पनि
त्यही ठाउँ
जहाँ मैले तिमीलाई हात हल्लाउदै बिदा गरेको थिएँ
जहाँ तिमीले मलाई कुनै बच्चालाई झैं थुनेर गएको थियौं
म हेर्छु
अँझै त्यही ठामबाट तिमीलाई
अपरिचित परदेशको क्षितिजमा
मेरा
दुरदृष्टि नभएका
अनि यी ओइलिएका आँखाहरुमा
दूरबिन लगाएर दिनभरि तिम्रो बाटो हेर्दै हेर्दै
त्यही गोधूलि साझमा पर्खिरहेछु!
वायुलहरमा उडेका धुवाको मुस्लो,
अनि अँध्यारो भएर आकाशमा
आउदै गरेको त्यो टाढा टाढाको कालो जस्तो धब्बा
अनि अरु नै चडेर आएको जहाज….
त्यो मलाई तिमी नै आइरहेको हौ कि जस्तो लाग्छ !
सायद,
तिमीले सोच्यौ कि भोलि फेरि घाम लाग्ने छ
अनि म ……चाहिँ ?
मैले तिमीलाई बराम्बार यही कुरा भनिरहेछु कि
फर्किएर आउने म कुनै घाम हैन ।
सानामा तिमी चोरको डरले बारम्बार रातमा
भत्किएका धोकाका चुकुलहरू लगाउन खोज्थ्यौ,
भुतको डरले हाम्रो ओछ्याननिरको
अनि
मक्केका
झ्यालमा पुराना कपडाका पर्दाहरू मलाई लगाइ माग्थेउ,
तर तिमीले कैले पनि थहा पाएनउ कि
म रातभर ती झ्यालढोकाहरू रुघेर जागरम बस्थे,
अनि तिमी निदाएपछि, तिम्लाई छलेर चोर जस्तै
अनि
कसो कसो तिमी जस्तै म पनि भुसुक्कै निदाउथे
अनि
हावाको स्पर्शले ती झ्यालढोकाहरू भने रातभरि उदाङ्गा रहन्थे….
अब उज्यालो भयो………….
उठउठ नानी भन्थे म पैले पैले तिमीलाई
अनि तिमी ए! आमाले।अघि नै झयालढोकाहरू उघारिसक्नु भएछ भन्थेउ
हावाको स्पर्शले ती झ्यालढोकाहरू भने स्वयम रातभर उदाङ्गा हुन्थे…….
हो अहिले यहाँ मेरो यो जिन्दगी पनि त्यही झ्यालढोकाहरू जस्तै भएको छ!!
म चहान्न कि, यी घामहरू अस्ताओस
अनि ती जुनताराहरू खसेर
असिनाका टुक्राहरू झै यो पृथ्वीमा बिलाओस
म चाहन्न कि,
मलाई जिस्काउन अधेरामा आएका ती जुनकिरीहरुले
तिम्रा दुखद खबरहरू लिएर आउन!!
मैले तिम्रो उपचार गर्न आफ्नो सुनको चुरा र हिराको हार बेचेको थे
तिम्रो चाहना पूरा होस त्यसैले त म चहान्छु कि
तिम्रो सपना साकार होस
त्यसैले।त म चहान्छु
तिम्रो कैले पनि हार नहोस,
मैले तिम्रा अक्षरहरुलाई किन्न
रातभर भुकुण्डे साहुको घरमा अनिदो बसेको थिए
त्यसैले त अहिले म चहान्छु कि तिम्रो जिन्दगीमा कैले पनि रात नहोस
मैले तिम्रा हातका हतकडीहरू खोल्नलाई
पुलिसको काढाघारिमा जेलजीवन बिताएको थिए
त्यसैले त अहिले। म चहान्छु कि,
तिमी चराहरू झै सधैं मुक्त आकाशमा उढ
तिमीसङ्गै उडेको चराहरू
अँझै पनि आएर मेरो बिस्कुनको धान खान्छन्
तिमी सङ्गै हुर्केको बचेराहरू
अँझै पनि मेरा कुख्राका चल्लाहरुसँग
आएर आगनमा खेल्छन
उफ्रन्छन…..
नपत्याए नत्र हाम्रो घरका ती आगनमा हेर
अँझै पनि त्यहाँ उस्का पञ्जाका छापहरू छन्
नपत्याए अँझै पनि मेरा मनहरुमा हेर
अँझै पनि मेरा यी छातीभरि
तिम्रा खुटटाका कलिलाका डामहरू छन् ।
मैले तिमीलाई बढाउँदा आफ्नो जवानी बेचेको थिए
मैले पैले यी पाखापखेरा र खेतका आलिमा रुखका बिरुवाहरू रोप्दा
नालापानी र कुवाका भरी बाल्टिन बोकेको थिए
त्यसैले त अहिले म चहान्छु कि
ती रुखहरू मभन्दा पनि अग्ला हुन।
मैले बाख्राको पाठो जन्मदा, उसकी आमा टोकाइ र गाली खाएर
मैले
उस्को कानको लोती मिलाइदिएको थिएँ
त्यसैले त अहिले म चहान्छु कि
मैले ! मुन्नेभन्दा उस्का कानहरुले मेरो आवाजलाई सुनून
अनि
टाढैबाट मलाई म्यायाआ…. गरेर बोलाउन आउन् ।
तिमीलाई मैले मेरो काँध र सिरमा टेकाएर
पाकेको अम्बा र आपको बोटमा चढाएको थिएँ
त्यसैले त अहिले म चाहन्छु कि,
तिम्रा ती हातहरुले आकाशका जुनताराहरू टिपुन्
हाम्रो घरमा एकपटक बिरामी बाँच्छा जन्मिएको बेला
दिनभरि बाझो मैदानमा गाई चरेर लढेर
हाम्रो घरतिर मुण्टो फर्काएर अनि बा!बाआआ….. गर्दै
चट्टानका किला र फलामका साङ्गाहरू चुट्ट्याएर
साझमा गोठ फर्किन्थओ।
अनि म हेर्थे
उस्को बाँच्छाले मुख गाडेर झमझम दूध खान्थ्यो
म देख्थे सधैं सधैं उस्को खुट्टा र गाटीबाट तपतप
चुहिएका खुनका थोपाथोपाहरु…………………
भोलिपल्ट त्यो गाइ रक्ताल्पदा लागेर बिरामी भयो
बछ्या बलियो भएर झनझन जोडले।दूध प्युने गर्थ्यो
तर त्यो गाइले कैले पनि चर्न रहर लागेन
कि
हाम्रो घरदेखि खेतसम्मका अध्यारा अनि काला बाटाहरू
मलाई याद छ अँझै
त्यो विश्वयुद्धको रत्ताम्य जमिन….
जसरी मानौ कि
जहाँ तिमी जन्मिएका थियौ
जहाँ तिमी
त्यही बिरामी गाइको गाई बुबु र मैले पकाएको माम
बुबुमाम….
समसम मुसेर सुपुक्क खान्थेउ हैन….?
सम्झ अहिले त्यही गाई बूढो अनि
थारो भएर कुनै मियालाई बडादशैंं मनाउन बेचिदै छ
अब………..भन कि
तिमी के गर्छौ???
मसँग अहिले तिमीलाई दिने
एउटा सम्झना बाहेक अरु केही पनि छैन,
मैले पैले तिमीलाई छाड्ने बेलामा,
फूलमाला,अनि अवीर लगाएर
अनि दही खुवाएर हासिहसी
आसुका टीकाहरू लागाइदिएर
बिदाइ गरेको थिए
तर अहिले
तिमी आउदा तिमीलाई स्वागत गर्न मसँग
अहिले रङ्ग नभएका एउटा मुस्कानको टुक्रा समेत छैन
अनि ओइलिएर झर्न लाको फूल जस्ता
चाउरिएका चेहेरा मात्र छन् नानी…
तिमीले रोपेका ती घरागन अनि फूलबारीभरिका सबै
कलिला फूलका कोपिलाहरू
झागिएर मासिए…
म चाहन्न कि तिमी आउदा
म हाम्रा गैरी,खेत,करेसावारि,अनि पाखापखेरा कटेर
त्यो
पहाड भञ्ज्याङ्गको नौण्डाडा कट्टु::
जब तिमीलाई भेट्न चन्द्रधरातल अनि तिम्रो देशमा
आउने बारे सोच्छु तब
बिचरा यी सारा रुखबिरुवा अनि गाइबाख्रा र चराका
चल्ला,बाच्छा र पाठाहरुले
“काँ जानू भएको आमा ? घर कैले फर्केर आउनुहुन्छ?”
भनेर सोध्छन् ।
म अब त्यसरी तिमीलाई कैले पनि
पर्खिन चाहन्न नानी
जसरी एउटा चराको बेचराले
आफ्नो माउलाई पर्खिरहेछ
फूलहरू फेरि पनि रोप्न मिल्ला
अनि सपनाहरू पनि फेरि बुन्न मिल्ला
हिमालपर्वत अनि ती तराइभरि लालीगुराँस
लालुपात्ते अनि गुलाफका बोट फेरि पनि उम्रेला
तर उम्रिसकेको उमेर फेरि नउम्रने रहेछ
हाम्रो खेतभरि फेरि पनि अन्नबालीहरू लागाउला
तर मेरा यी ओइलिएका ओठहरुमा
फेरि पनि लाली कस्ले लगाइदिन्छ?
मलाई मेरो देशका खोलानाला, र सफा सरिताको पानी
औधी मन पर्छ?
तर मेरा असक्त हातहरुलाई डोर्याएर त्यहाँसम्म कस्ले पुर्याइदिने?
आज मसँग पानी प्युन यी हत्केलाका अञ्जुली उघ्याएने वल छैन
ती फूलहरू त फेरि फेरि रोप्न मिल्दो रहेछ नानी
आज मसँग पानी प्युने बल समेत छैन।
ती परेवा, कौवा अनि डाफे अब हाम्रो घरागनमा कैले पनि
नआउने रे!
तर! किन थहा छ
मैले मकै छोड्ययाउने अनि धान कुटाउने फलामका
हातहरू खोइ?
कहाँ छन?
फूलहरू
फेरि पनि रोप्न्न मिल्दोरहेछ नानी
अहिले मेरा यी हातहरुमा पानी प्युने बल समेत छैन!
तर म भने हर्दम सधैं होसमा छु
तिम्रो आगमनको प्रत्येक चेतनालाई महसुस
गर्ने ममा ठुलो प्राकृतिक शक्ति छ
पवनको प्रतेक स्पर्शलाई यो बातावरणले
थहा पाए झै
हो
मलाई थहा छ
तिमी आउछौ
म मेरा बुवाको मेरेको तस्वीर आगाडि बसेर
ठोकुवा गरेर भन्न सक्छु
कि तिमी आउनेछौ
कि,
म तिम्रा मरेका बुवाको तस्वीर अगाडि बसेर
भन्न सक्छु कि
तिमी आउछौ
मलाई विश्वास छ
तिमी फेरि पनि जन्मिने छौ
तिमी हाबा झै फर्किएर आउने छौ
तर यो पटक आफ्नो जन्ममा तिमी
तिम्रो पृथ्वी हाँस्दै हाँस्दै आउने छौ
तर म रुने
किनकि,
म वर्षात अघिको घाम हु
त्यसैले त म रुन्छु
अब
मेरो जाने बेला पनि भैसक्यो
तर मलाई थाह छ तिमी आउनेछहु
तिमी कुनै जनवारले जन्माएको पनि त हैनहु
मलाई विश्वास छ कि
तिमी फेरि पनि आउछौ
म तिमीलाई फेरि पनि जन्माउन सक्छु
तिमी मेरो इछ्याको एक हिस्सा मात्र हौ
यसपटक तिमी बतास वा वायु भएर आउनेछौ
म त्यही रुखका फराकिला पातहरू हु
म जानेबेलामा तिमी एकपटक आउछौ
म तिमीलाई सपनामा देखेर
बिपनामा बोलाउनेछु
तिमी मेरो चहानाहरुले फेरि पनि जन्मिएनेछौ
तिमी फेरि पनि आउनेछौ
किनकि म तिमीलाई फेरि पनि जन्माउन सक्छु
त्यसैले तिमी आउने छौ
मलाई आस छ
किनकि म तिम्री आमा हुँ ।
