Skip to content

म अब समय बनाउँछु


म अब समय बनाउँछु
अनि घडी बनाउँछु
पैला यो देश बनाउँछु
अनि जिन्दगी बनाउँछु

पालो मेरै हो पृथ्वी पनि पहिला झै
अनि आकाश उज्यालो
म सारा जुनतारा अनि
महानायक एक रवि बनाउँछु
म समय बनाउँछु
अनि घडी बनाउँछु

ब्यपारी इञ्जिनियर,उद्योगपति
अमिर र बिरामी बाउ ! डाक्टर
तर गरिब किसानले भन्यो कि
“मेरो छोरो म कवि बनाउँछु”
म अब समय बनाउँछु
अनि घडी बनाउँछु

आखिर मेरो मनमन्दिरको
सच्चा शासक त उहाँ नै हो हेर
उहाँले जीवनमा कैले पनि
भन्नु भएन कि तलाई म मेरो
चाकडी बनाउँछु
म समय बनाउँछु
अनि घडी बनाउँछु

“तिमी मलाई सङ्का गर्छौ गर्छौ
यस्ले लङ्गका जलाउँछ” भन्छौ
बुढीआमा भन्नुहुन्छ
“घरको रक्षा गर्न चाबी बनाउँछु
म अब समय बनाउँछु
अनि घडी बनाउँछु

जिन्दगीभर मालिकलाई
रगतपसिना खुवाएर
त्यो मजदुर पनि सोच्दो हो सायद
बडादशैं आउनु अघाबै यो साल त
झुपडी बनाउँछु
म अब समय बनाउँछु
अनि घडी बनाउँछु

मनविज्ञान पडेकी पृयसिले
किन भन्न सकिनन कि मलाइ?
“सुजन तिम्रो अधर रङ्गयौनसागर
वा म गगनको चद्रमणि बनाउँछु
म अब समय बनाउँछु
अनि घडी बनाउँछु

दसै सम्झेर आज घरागन आएकाहरू
भोलि सहर जानेछन र भन्नेछन कि
आमाको आशीर्वादले अघाएरै
“परदेशमा पैसा कमाएरै म छवि बनाउँछु”
म अब समय बनाउँछु अनि घडी बनाउँछु

मैले भने आहा ! हेर्त कति राम्री केटी
उस्ले भन्यो कि
“हेर्दै गर त्यो तरुनीलाई म तेरो भावी बनाउँछु”
म अब समय बनाउँछु अनि घडी बनाउँछु

मैले सोधेकी एक बालकलाई
बाबू तिम्रो परिवार चाहिँ अहिले के गर्छ?
उस्ले भन्यो कि मेरो बाउ साहुको सय बिघा जगा
जोत्छन म बिगृएको गाडी बनाउँछु

म अब समय बनाउँछु
अनि घडी बनाउँछु
पहिला यो देश बनाउँछु
अनि यो जिन्दगी बनाउँछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *