अहङ्गकार गर्दागर्दै त्यो तिम्रो अनुहार बिग्रियो
तिमी भन्छौ यार मेरो त सारा संसार बिग्रियो
कति मजाले सावारयात्री झै निदाइरहेथ्यौ तिमी(२)
ब्युँझिएर ओर्लियौ जब गीतको झङ्गकार बिग्रियो
आज अहङ्गकार गर्दागर्दै तिम्रो अनुहार बिग्रियो
परिसान भएरै मजदुर र किसानले भनेका हुन(२)
हजुर किन यो देश्को दुइतिहाइ सरकार बिग्रियो?
अहङ्गकार गर्दा गर्दै त्यो तिम्रो अनुहार बिग्रियो
अब उस्ले के गर्छ होला,त्यस्ले केनै पो गर्छ र ?(२)
मानौ कि कुनै विश्वसुन्दरको विचार बिग्रियो
अहङ्गकार गर्दागर्दै त्यो तिम्रो अनुहार बिग्रियो
आज दिक्दार मानेर नेपालआमाले पनि भन्नुभयो(२)
ओ बेरोजगार तेरो हल्लाले मेरो निद्रा बेकार बिग्रियो
अहङ्गकार गर्दागर्दै त्यो तिम्रो अनुहार बिग्रियो
बारम्बार कौवा पनि पत्रकार बन्न चाहेकै हो हेर
बौलायो बिधुवाको सृङ्गगारझै आफ्नै समचार बिग्रियो
आज अहङ्गकार गर्दागर्दै त्यो तिम्रो अनुहार बिग्रियो
एक्दिन निधारमा किनारको अङ्गार लाएर ऊ आउनेछ
र कारागारमा त्यो हुनेछ जस्को खोलाको धार बिग्रियो
आज अहङ्गकार गर्दागर्दै तिम्रो अनुहार बिग्रियो
तिमी भन्छौ मेरो त अब सारा संसार बिग्रियो
