Skip to content

यो जिन्दगी नसामा पिएरै सकियो


यो जिन्दगी नसामा पिएरै सकियो
उङ्को यादमा जिन्दगी जिएरै सकियो

भुलौ भने बिहानी मेरो कुनै कहानी छैन (२)
भुल्दाभल्दै आउने याद हररात तड्पिएरै सकियो
यो जिन्दगी नसामा पिएरै सकियो

त्यो हत्यारा पनि त्यसरी नै सकिनुपर्छ सायद (२)
जसरी आज उनको सिउदो पुचिएरै सकियो
यो जिन्दगी नसामा पिएरै सकियो

ती जङ्गगलीहरू तबदेखि दुब्लाउन थालेका हुन (२)
जब देश लुटिएरै सकियो सिनोझै लुछिएरै सकियो
यो जिन्दगी नसामा पिएरै सकियो

तिमी तिम्रो दिलको धड्कन सकिएरै सकियौ सायद (२)
जिन्दगी चाहिँ यहाँ मेरो जन्मिएरै सकियो
यो जिन्दगी नसामा पिएरै सकियो

त्यहाँ चल्न त चल्छ मुटु तर अहिले कुनै प्राण छैन (२)
थियो त्यो पनि हिजो अर्कैलाई दिएरै सकियो
यो जिन्दगी नसामा पिएरै सकियो

तिम्रो त बडादशैं पनि बडास्वादले सकियो होला (२)
मेरो त दिनरात परदेशमा दौडिएरै सकियो

यो जिन्दगी नसामा पिएरै सकियो
उनको यादमा जिन्दगी जिएरै सकियो!!

1 thought on “यो जिन्दगी नसामा पिएरै सकियो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *