म घरबाट निस्किएको दिन
मेरी आमा
अत्यधिक रोएकी थिइन्
मैले हेरे एकछिन
र मलाई थहा छ कि
मेरी आमा अब हरेक दिन
मलाई सम्झिन्छिन
अनि आफ्ना रसिक आँखाका नानीहरुबाट
प्रतेक पल
म जस्तै कमसल कमल आँसुहरू जन्माउछिन
मेरी आमाको साथी त यहाँ आँसु मात्र रहेछ
त्यसैले मेरी आमा रोएकी थिइन्
म घरबाट निस्किएको दिन!
मेरो घर रोयो, गाउँ सहर पनि रोयो
मैले हेरे एकछिन
तर मेरी आमा अँझ झनझन रोइन
र
रोइरहिन
म घरबाट निस्किएको दिन!
गाइ, बाच्छा, बहर रोयो
बाख्रापाठा पनि रोए
छोयो यार … मलाई
मेरी आमाले पूजा गर्ने त्यो पत्थर
पनि रोयो
भण्डार कोठाको चट्टान जस्तै बलवान
त्यो भगवान पनि रोयो
अनि मेरो मन झन स्वयम्अ ञ्जान रोयो
म घरबाट परदेश गएको दिन
मेरी नेपाल आमा स्वयम बुद्ध जस्तै गरेर
शान्त गम्भिर अनि एकदम स्थिर रोएकी थिइन्
मैले हेर एकछिन!!!
मेरी आमाले सानोमा मेरा लागि रोपिदिएकी
सारा फूलहरू पनि फूलबारी भरि रोए
लालीगुराँस र गुलाफ पनि रोए
अनि एकछिन नेपाल आकाश पनि रोयो
अनि दिनभरि परेवाहरू रोए
कौवाहरू रोए
अनि घर छेवैको कुवा पनि रातभरि रोयो हरे
कैले रुदिन भन्ने मेरो बुवाको बाझो जमिन पनि रोयो
भैंसी, पाढा, हास, टियुरा,
कुखुरी
चल्ला, गोठाला, माली,
मैदान, चोउरि, अन्नबालि
भुराभुरी बिचरा सारा, रुखबोटबिरुवा, बचेरा,
पाखापखेरा
घरआगन अधेरा, गैरीखेत रोयो
जुनतारा उजेला, बनजङ्गल, वातावरण
डाडाकाडा, भञ्ज्याङ्ग चौतारी
पहाड, पर्वत नदीनाला, हिमाल, तराई
अनि सिङ्गो देश रोयो
अनि यो सारा संसार
मेरै घरमा भेला भएर
अनि रोइ कराई-कराई रोए
म निस्किएको दिन
मेरी आमालाई लाग्यो कि
सायद यो सारा ब्रह्माण्ड मलिन
मेरी आमा अत्यधिक रोएकी थिइन्
मैले जानेबेलामा अन्तिम पटक एकबार फर्किएर हेरे
तिनीहरुको मुहार एकछिन………….
तर तिनीहरुले भने मेरै आमाको अनुहार
हेरिरहेका थिए !
