Skip to content

कोहलपुरमा साहित्यिक वनभोज तथा कृति विमोचन कार्यक्रम

20140529_KapilAnjan


सातौं गणतन्त्र दिवसको अवसरमा बाँकेको ढकेरीमा साहित्यिक वनभोज, कृति विमोचन तथा कवि गोष्ठी सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको १०० औं रचना वाचन श्रंखलाको अवसरमा पुष्कर रिजाल पुष्पको समालोचनाको कृति समाचोलक तथा कार्यक्रममा प्रमुख अतिथि हरिप्रसाद तिमील्सिनाले विमोचन गर्नुभयो ।

कार्यक्रममा साहित्यकार महानन्द ढकाल, गीतकार सुशील पराजुली, प्रदिप भट्टराई, कपिल अञ्जान, बेगम थापा, सुमित्रा न्यौपाने, हुकुम धड्कन, हेम प्रकाश मञ्जील, लगायत ३० जनाभन्दा बढिले गणतन्त्र सम्बन्धी गीत, गजल, कविता वाचन गरेका थिए ।

हाम्रो साहित्य पूर्णिमा साहित्य प्रतिष्ठानले मोफसको साहित्यलाई निरन्तर माथि उठाउँदै आएको छ । सो कार्यक्रममा शिक्षा सेवा आयोगमा पर्न सफल भएका बेगम थापा, बद्रि ढकाल, मन बहादुर वि.क., सुमित्रा न्यौपाने, हुकुम धड्कन, गीता सुवेदी, हेमा च्वाई, ओम प्रकाश पुनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कपिल अन्जान
२०७१/२/१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *