Skip to content

कोहलपुरमा भानु जयन्तीको अवसरमा पुस्तक विमोचन तथा निबन्ध प्रशिक्षण

20150718_KapilAnjan_News


२९ असार, २०७२
कोहलपुर, बाँके

२०२ औं भानु जयन्तीको अवसरमा कोहलपुरमा सुमित्रा न्यौपानेको “आँखा र आँखाहरू” कथा संग्रह विमोचन गरिएको छ । सो कार्यक्रममा पूर्व प्रज्ञा सदस्य सचिव सनत रेग्मीले कथा संग्रहको विमोचन गरेका हुन ।

नेपाली भाषा साहित्यको लागि आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य हरि प्रसाद तिमिल्सिनाले बताए ।

सुमित्रा न्यौपानेका कथाहरू समसामयिक विषवस्तुहरू समेटिएकाले सबैको मन छुने र सबैले एकपट पढ्नै पर्ने साहित्यकार सागर गैरे बताए ।

विमोचनसँगै निबन्ध लेखन सीप विकास, प्रशिक्षण तथा प्रतियोगिता कार्यक्रम पनि सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाले कोहलपुरलाई साहित्यको क्षेत्रमा अगाडि आउन साहित्यको विकास लागि सहयोग गरेको नगरपालिकाका कार्यकारी गोविन्द प्रसाद पाण्डेले बताए ।

सो निबन्ध कार्यक्रममा निबन्धकार भिष्म उप्रेती, साहित्यकार हरि प्रसाद तिमील्सिना, र लेखक तथा कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द प्रसाद पाण्डेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ५० जनाभन्दा बढी प्रशिक्षार्थीहरूले भाग लिएका थिए ।

कार्यक्रममा साहित्यकारहरू महानन्द ढकाल, पुष्कर रिजाल, परदिप भट्टराई, देवकी निरौला, कपिल अञ्जान, विक्रम शिशिर, सन्तोषि विष्ट, इन्द्र बस्नेत, कल्पना खरेल लगायतको उपस्थितिरहेको थियो ।

पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *