Skip to content

बाँकेमा लक्ष्मी जयन्तीको अवसरमा कृति विमोचन

20131104_KapilAnjan_News


कोहलपुर १५, कार्तिक २०७०

१०५ औं लक्ष्मी जयन्तीको अवसर पारेर बाँकेको कोहलपुरमा २ वटा कृति विमोचन गरिएको छ ।

“हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान”ले गजलकार विक्रम शिशिरको ‘शीतका फूल’ गजल संग्रह र बद्री ढकालको ‘दामको पूजा’ हाइकू संग्रह कार्यक्रमका प्रमुख अतिथि, समालोचक तथा पत्रकार टीकाराम उदासी र पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार भानुभक्त भट्टराईले कृतिको विमोचन गरेका थिए ।

कृतिकारका बारेमा लेखक सागर गैरे र शंकर अशान्तले टिप्पणी गरेका थिए भने महानन्द ढकाल र पुष्कर रिजाल पुष्पले महाकवि लक्ष्मी प्रसाद देवकोटा र लेखक जगदिश घिमिरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा महानन्द ढकाल, केशव सिग्देल, परदीप भट्टराई, कपिल अञ्जान, सन्तोषि विष्ट, बेगम थापा निश्चल, हेमप्रकाश मंजील, हुकुम धड्कन, अरुण फकिर, प्रतिभा प्रछुप्त लगायतले रचना वाचन गरेका थिए ।

राष्ट्रियता, क्रान्ति, समसामयिकता, माया प्रेमहरू समावेश गरिएका ‘शीतका फूल’ गजल संग्रहमा ८८ गजलहरू र ‘दामको पुूजा’ हाइकू संग्रहमा २२८ वटा हाइकूहरू रहेका छन् ।

अन्य जानकारीका लागि
कपिल अञ्जान, कोहलपुर, बाँके
९८४८१८३६५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *