Skip to content

कोहलपुरमा बृहत कवि गोष्ठी सम्पन्न

20161104_KapilAnjan-News-01


कोहलपुर, १९ कात्तिक २०७३

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र कला साहित्य डट कमको सहकार्यमा कोहलपुरमा बृहत काव्य गोष्ठी सम्पन्न भएको छ । नेपाली साहित्य राजधानीमा मात्रै केन्द्रित नभई देश भित्र र बाहिर लैजान आवश्यक रहेको र सोही अनुरुप कविताकै लागि पश्चिम आएको कला साहित्य डट कम काठमाण्डौकी अध्यक्ष तथा कवि मोमिलाले बताइन् ।

कार्यक्रममा बोल्दै समालोचक गोविन्दराज भट्टराईले नेपाली कवितामा गर्न सकिने धेरै सम्भावनाहरू छन् । त्यसलाई जगेर्ना गर्नु र राम्रा कविताहरूलाई बाहिर ल्याउनु पर्नेमा जोड दिए ।

कविता सुनेपछि पश्चिमको कविता शसक्त भएको र आफूले राम्रा कविताहरू सुन्न पाएकोमा दंग परेको कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ कवि तुलसी दिवसले बताए । उनले नेपाली कवितालाई अँझै राम्रो बनाउन पश्चिमका कविताहरूले महत्व राख्ने पनि बताए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा कथाकार सनत रेग्मीले पश्चिम नेपाली कविताका लागि उर्वरभूमिरहेको दाबी गरे । कार्यक्रममा कोलहपुरका कवि भुपेन्द्र सुवेदीको दोस्रो कविता संग्रह आदर्श चिन्तनको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रदिप भट्टराई, कपिल अन्जान, विपि अस्तु, सन्तोषि विष्ट, पुष्कर रिजाल, अनुप आवारा, शान्ति अधिकारी, ऋचा लुइटेल, हुकुम धड्कन र काठमाण्डौबाट आएका कवि केशव सिग्देल, डा. कृष्णराज डि.सी., सगोत्री आचार्य, रसिक किँराती, अनुपम रोशी, मणि लोहनी लगायतले कविता वाचन गरेका थिए । सो कार्यक्रममा उषा शेरचन, जयदेव भट्टराई, सागर गैरे लगायतको उपस्थितिरहेको थियो ।

कला साहित्य डट कमका अध्यक्ष तथा कवि मोमिलाले आफूहरू राजधानीभन्दा बाहिर गएर कविहरूलाई हौसला थप्दै आएको बताइन् । संयुक्त रुपमा आयोजना गरिएको काव्य गोष्ठीमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले पश्चिमका कवितालाई अँझै शसक्त बनाउन लागि पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *