६ चैत्र, २०७२ कोहलपुर
लेखक तथा उपन्यासकार ब्रजेश खनालको जुनेलीमाथि अन्तर्क्रिया सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उनलाई पहिलो पटक पाठकको अदालतमा उभ्याएको हो ।
नेपाली सिनेमामा आफ्नो पकड जमाएका ब्रजेशले आख्यानको बेग्लै स्वाद हुने बताए । आफ्नो पहिलो उपन्यास यायावरको सफलतापछि त्यसका पात्रहरूलाई जुनेलीमा फरक तरिकाले प्रस्तुत गरेको दाबी गरे ।
बुक हिलका प्रकाशक भूपेन्द्र खड्काले पश्चिममा धेरै विषयवस्तुहरू भएकोले अब त्यस्ता संभावना भएका लेखकहरूका कृति प्रकाशनमा आफू लाग्ने बताए ।
ब्रजेशको जुनेली उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो ।
उपन्यासकार ब्रजेशले कोहलपुरका आफ्ना पाठकहरूका लागि पुस्तक हस्ताक्षर पनि गरे ।
देशव्यापी रुपमा संचालन भएको कार्यक्रम मध्ये कोहलपुरमा भएको कार्यक्रम एकदमै यादगार, अन्तर्क्रियात्मक तथा राम्रो हस्ताक्षर भएको र अबको आफ्नो गन्तव्य पश्चिमका विषयवस्तुहरू हुन सक्ने पनि बताए ।
अन्य जानकारीका लागि
कपिल अन्जान,
सचिव,
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके
९८५८०२६६२७






