कोहलपुर, १७ माघ २०७०
बाँकेको कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सहिद दिवसको अवसर पारेर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कवि तथा गजलकार परदिप भट्टराईको कविता संग्रह विरुद्धमा र गजल संग्रह शौचालयमा ईश्वरको विमोचन गरियो । साहित्यकार डा. कृष्णहरि बराल र भानुभक्त भट्टराईले संयूक्त रुपमा कृति विमोचन गरेका हुन ।
कार्यक्रममा गायक तथा गीतकार प्रेमप्रकाश मल्ललाई ११ हजारको पूर्णिमा साहित्य रत्नले सम्मान गरिएको थियो । लामो समयदेखि अस्वस्थ भएका मल्ललाई नेपाली साहित्यमा योगदान दिए वापत सम्मान गरियो ।
राजधानीबाट आएका साहित्यकार तथा प्राध्यापक डा. कृष्णहरी बरालले पश्चिमलाई गजल साहित्यका लागि उर्वरभूमिरहेको बताए । डा. बरालले राजधानी बाहिर बिरलै रुपमा यस्ता कार्यक्रमहरू हुने गरेको बताउँदै नेपाली साहित्यका धरोहर प्रेमप्रकाश मल्ललाई राज्यले उपेक्षा गरिरहेको अवस्थामा यो कार्यक्रमहरूले सम्मान दिएको बताए ।
कार्यक्रममा संगीतकार गैरे शुरेस, गायक तथा संगीतकार हरि लम्साल, सुवास अगम, शिशिर साधक लगायतले गजल गायका थिए । महानन्द ढकाल, पुष्प अधिकारी अञ्जली, एल वि क्षेत्री, अच्युत घिमिरे, कपिल अञ्जानले मन्तव्य तथा रचना वाचन गरेका थिए ।
गीतकार मिलन कोइराला सुवास गौतम, गजलकार मधु सास्रु, भावना पाठक, लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
अन्य जानकारीका लागि, कपिल अञ्जान, ९८४८१८३६५१

